जनभावना अनुरुप काम गर्न जनप्रतिनिधीलाई उपसभापति खड्काको आग्रह

पोखरा, १४ साउन,

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनभावना अनुरुप काम गर्न जनप्रतिनिधीलाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेस कास्कीद्वारा स्थानीय तह निर्वाचन–२०७९ मा निर्वाचित कांग्रेसका उमेदवारको सम्मानार्थ आज पोखरामा आयोजित कार्यक्रममा बोल्दै नेता खड्काले जनतालाई केन्द्रमा राखेर काम गरेमा नेतृत्व विकाससँगै पार्टी सङ्गठन प्रतिको आकर्षण बढ्ने जिकिर गरेका हुन। उनले आगामी संघीय र प्रदेश निर्वाचन सम्म नै गठबन्धन कायम रहने समेत बताए । त्यसैगरी कांग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाटले कांग्रेसी कार्यकर्ताप्रति समाज तथा राष्ट्रले ठूलो अपेक्षा एवं विश्वास गर्ने बताउँदै त्यही भावनाका साथ समाजका हरेक गतिविधिमा जुट्नुपर्ने आवश्यकता औँल्याए । कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीलाई आगामी निर्वाचनमा अझै बलियो बनाउँदै लैजान सबैको एकताबद्ध प्रयास आवश्यक हुने बताए ।

Advertisment