साउनको तेश्रो सोमवारः ओमकारेश्वर मन्दिरमा दर्शनार्थीको भिड

गण्डकी,२३ साउन (रासस) ः साउन महिनाको तेश्रो सोमवार पोखरा १७ रातोपैह्रास्थित ओमकारेश्वर महादेव मन्दिरमा आज विहानैदेखि दर्शनार्थिको भिड लागेको छ ।
रातोपैह्रा सामुदायिक वन समुहमा अवस्थित शिव र गणेश मन्दिरको दर्शन पुजा आराधना सहित १०८ शिवलिङ्गमा गाईको दुध र सेतीनदीको पवित्र जल अर्पण गर्ने श्रद्धालु भक्तजनाको भिड लागेको हो ।
साउन महिना र सोमवार भगवान शिवको बारको रुपमा लिइन्छ । उक्त दिन शिवको पुजा आराधना एवम् दर्शन गर्नाले मनोकांक्षा पुरा हुने विश्वास भक्तजनामा रहेको छ । भक्तजनले सेतीनदीमा स्नान गरि पवित्र जल ल्याएर शिवलिङ्गमा चढाउने प्रचलन छ ।
गाईको दुध, विभिन्न पुजा सामाग्री सहित फुल प्रसाद लिएर पोखरा आशपासबाट भक्तजनहरु दर्शन गर्न आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर थापाले जानकारी दिनुभयो ।
साउन महिनाको पहिलो र दोश्रो सोमवार भन्दा तेश्रोवार आज बढी दर्शनार्थी श्रद्धालु भक्तजनको भिड लागेको बताउँदै उहाँले भन्नुभयो यसलाई धार्मिक क्षेत्रको रुपमा विकास गर्न सवैको साथ र सहयोग आवश्यक छ ।
ओमकारेश्वर मन्दिर लगायत पोखराका केदारेश्वर, गुप्तेश्वर महादेव, सदाशिव हरिहर महादेव लगायतका शिवालयहरुममा आज गाईको दुध र पवित्र जल चढाउने भक्तजनहरुको भीड लागेको छ ।

Advertisment