रेवान पोखराको अध्यक्षमा भट्टराई

पोखरा । साउन २, रेवान पोखराको अध्यक्षमा नरेश भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ ।
पोखरामा आज सम्पन्न २८ औं वार्षिक साधारण सभा तथा १५ औ अधिवेशनले समितिको निवर्तमान अध्यक्षमा लक्ष्मण बराल, प्रथम उपाध्यक्षमा विश्वराज पौडेल, द्वितीय उपाध्यक्षमा वसन्त गौतम, महासचिवमा विकास भट्टराई, कोषध्यक्षमा रोशन जङ कार्की, सचिवमा भीस्मराज पौडेल, सह कोषध्यक्षमा बैभव पौडेललाई चयन गरेको छ ।
समितिका सदस्यहरुमा योगेश भट्टराई, लोक बहादुर गुरुङ, बिष्णु बानियाँ, लोकप्रसाद ढकाल र विरेन्द्र शेरचन चयन हुनुभएको समाचार प्राप्त भएको छ ।

Advertisment