पोखरा हेमजाका वास्तोला अमेरिकी राष्ट्रपति गोल्डेन अवार्डबाट सम्मानित

गण्डकी, ७ भदौ । पोखरा महानगरपालिका वडा नं २५ जन्मस्थान भएका विश्वराज बास्तोला अमेरिकी राष्ट्रपति गोल्ड मेडल अवार्डबाट सम्मानित बन्नुभएको छ ।

अमेरिकाको न्यूयोर्क राज्यमा नेपाली तथा अमेरिकन समाजमा कोरोना महामारीको समयमा रक्तदान कार्यक्रम तथा विविध मानवीय योगदान पु¥याएको भन्दै उहाँ अमेरिकन राष्ट्रपति गोल्डेन अवार्ड तथा प्रशंसापत्र बाट सम्मानित बन्नुभएको हो ।

अमेरिकी राष्ट्रपति जो वाईडेनद्वारा हस्ताक्षरित सम्मानपत्रमा संयूक्त राज्य अमेरिकामा अफ्ठेरो पर्दा वास्तोलाले गर्नुभएको गर्व र उल्लेख गर्न लायक मानवीय सेवालाई देशले उच्च रुपमा गणना गरेको उल्लेख छ ।

उक्त सम्मानपत्र र मेडल नेपाल अमेरिका सम्बन्ध को ७५ वर्ष पुरा भएको उपलक्ष्यमा न्यूयोर्कमा आयोजित भव्य कार्यक्रमका बीच अमेरिकाका लागि नेपालका स्थायी प्रतिनिधि महामहिम अमृतबहादुर राईले प्रदान गर्नुभएको हो ।

वि.सं २०२८ मा कास्कीको पोखरा – २५ हेम्जामा जन्मेका विश्वराज बास्तोला आफ्नो वुवाको समाजिक कार्य पछ्याउँदै सानैदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहनुभएको थियो । २०४४ बाट नेपाल विद्यार्थी संघमा कृयाशिल वास्तोला २०४६ सालको जनआन्दोलनसँगै २०६२÷६३ को आन्दोलनमा सकृय सहभागी हुनुहुन्थ्यो ।

शिक्षक संघ कास्कीको सदस्य, सचिव हुँदै केन्द्रीय समितिको सदस्य भैसकेका उहाँ अम्विका माध्यमिक विद्यालय र सिर्जना बहिरा आवासीय उच्च मा.वि को प्राचार्य बन्नुभएको थियो । २०६६ मा नेपाल सरकारबाट शिक्षा मन्त्रालयको विशेष शिक्षा परिषद्को सदस्य पदमा विशेषज्ञको रुपमा नियुक्त बन्नुभएको थियो ।

उहाँ प्रजातान्त्रिक विचार समाज, मानव अधिकार तथा शान्ति समाज, एमनेष्टी इन्टरनेशनल, रेडक्रस, लायन्स क्लव लगायत दर्जनौं सामाजिक संघसंस्थामा आवद्ध भै नेतृत्वदायी भूमिकामा रही सक्नुभएको छ ।

Advertisment