कांग्रेस गण्डकी प्रदेशको पदाधिकारी बैठक, ३६ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रतिनिधी खटाईयो

पोखरा ९, भाद्र ।
नेपाली कांग्रेस गण्डकी प्रदेशको पदाधिकारी बैठक आज आफ्नै कार्यलय पोखरामा सम्पन्न गरेको छ । गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको सभापतित्वमा सम्पन्न उक्त बैठकबाट “जनताको साथमा कांग्रेस” अभियानलाई पूर्णरुपमा सफल बनाउनको लागि गण्डकी प्रदेश अन्तर्गतका ३६ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने निर्णय गरेको प्रदेशका प्रवक्ता माधव प्रसाद बास्तोला “मधु”ले जानकारी दिनुभएको छ । वहांका अनुसार गण्डकी प्रदेश भित्रका ११ वटै जिल्लामा प्रदेश पदाधिकारीहरुलाई खटाउने निर्णय गरिएको छ ।
जसमा, शुक्रराज शर्मा मनाङ र मुस्ताङ, उपसभापतिद्वय कल्पना तिवारी बागलुङ, मेखलाल श्रेष्ठ म्याग्दी, महामन्त्रीद्वय किरण बाबु श्रेष्ठ कास्की, विष्णुप्रसाद लामिछाने पर्वत, कोषाध्यक्ष बसन्त कुमार श्रेष्ठ गोरखा, सहमहामन्त्रीहरु कोपिला रानाभाट स्याङ्जा, रमेश पाण्डे नवलपुर, रामचन्द्र जोशी लमजुङ, प्रवक्ता माधबप्रसाद बाँस्तोला“मधु” तनहुँ जिल्लाको लागि प्रतिनिधि खटाइएको छ ।
त्यसैगरी कास्की १ क मा रविकला खनाल र तारा श्रेष्ठ, ख मा प्रकाश दवाडी र विना कुमारी श्रेष्ठ, कास्की २ क मा अनोद श्रेष्ठ र पूर्ण बहादुर राना, ख मा विष्णुमाया धिताल र सीता काफ्ले लामिछाने, कास्की ३ क मा ईन्द्र बहादुर महत्तो र ओमकुमारी महत्तो, ख मा सीता कुँबर र सरिता गुरुङ, गोरखा १ क मा कुमबहादुर गुरुङ र ई.हरिदत्त पौडेल, ख मा चोलेन्द्र पौडेल र नारायण बराल, गोरखा २ क मा जीतबहादुर नेपाली र अमृत विक, ख मा रामजी प्रसाद भण्डारी र अर्जुन खड्का, तनहुँ १ क मा अप्सरा श्रेष्ठ र कल्पना पाठक हमाल, ख मा विमला कुमारी बस्नेत, शिरोमणी बराल र राजबहादुर गुरुङ, तनहुं २ क मा जिवन बास्तोला र विरेन्द्र प्रसाद मण्डल, ख मा देवी कार्की र श्यामप्रसाद शर्मा, लमजुङ १ क मा कृष्ण पोखरेल र ईन्द्रराज पौडेल, ख मा रामकृष्ण मल्ल र उर्मिला गुरुङ रहनुभएको छ ।

त्यसैगरि नवलपुर १ क मा लक्ष्मी आचार्य र आशिष गुरुङ, ख मा रमेश पौडेल र ध्रुब अधिकारी, नवलपुर २ क मा शेषरमण न्यौपाने र डाल्डादेवी भुजेल, ख मा शान्तिरमण वाग्ले र हरि बराल, पर्वत १ क मा अजित क्षेत्री र डम्बरजंग गुरुङ, ख मा सुरज गुरुङ र रामचन्द्र पौडेल, बागलुङ १ क मा जानुका पन्त, पवित्रा गौली, ख मा द्रोणबन सन्यासी र कविता तिवारी गैह्रे, बागलुङ २ क मा मायादेवी राना र घनश्याम कँडेल, ख मा विष्णु माया परियार र देवेन्द्र केसी, म्याग्दी १ क मा ध्रुर्व शर्मा पंगेनी र अशोक बस्ताकोटी, ख मा शाह मोहम्मद मियाँ र सीता गुरुङ, स्याङ्जा १ क मा पार्वती आचार्य र विमला गौचन, ख मा केशव प्रसाद सापकोटा र खगराज आचार्य, स्याङ्जा २ क मा अर्जुन शेरचन र कर्णबहादुर गुरुङ, ख मा पूर्ण बहादुर दाहाल र विरबहादुर ढकाल रहनुभएको छ ।
त्यस्तै मनाङ १ क मा चिन्ताबहादुर घले र दिपेश गौतम, ख मा विनोद गुरुङ र चिउँडे लामा, मुस्ताङ १ क मा योगेश गौचन र पुष्पा भट्टचन, ख मा सुवर्ण विष्ट र अमृत देवी बानियां रहेको प्रवत्ता बास्तोलाले जानकारी दिनुभएको छ ।

सूचना सञ्चार तथा प्रचार विभागमा सदस्य थप

उक्त वैठकबाट सूचना सञ्चार तथा प्रचार विभागमा गण्डकी प्रदेशबाट १२ जना प्रदेश विभाग सदस्य थप गरिएको विभागका उपप्रमुख शिरोमणी बरालले बताउनुभयो । जसमा ज्ञानेन्द्र गौतम बागलुङ, उत्तम अधिकारी र पदम श्रेष्ठ पर्वत, तृष्णा थकाली मुस्ताङ, रामशरण आचार्य गोरखा, शिवराज देवकोटा कास्की, सुजाता खत्री म्याग्दी, सञ्जय भट्टराई नवलपुर, नविन लामिछाने मनाङ, प्रदिप कोइराला स्याङ्जा, ऋषि अधिकारी लमजुङ, ओमकार आचार्य तनहुँलाई नियुक्त गरिएको बताउनुभयो ।
साथै वैठकबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य, नेता एवम् समाजवादी चिन्तक, बौद्धिक व्यक्तित्वका धनी माननीय सांसद स्व. प्रदीप गिरीको असामयिक निधनप्रति गहिरो शोक प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ।

Advertisment