जिम्मेवार र रुपान्तरण सहितको पुस्तान्तरण : शुक्रराज शर्मा

पोखरा । १० भदौ, नेपाली कांग्रेसले आजदेखि देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दै छ ।
सत्तारुढ दल कांग्रेसले आगामी मंसिर ४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आजदेखि २४ गतेसम्म अभियान चलाउन लागेको हो ।
यसैगरि केन्द्रिय कार्यक्रम अन्र्तगत शुक्रबार कास्कीमा आयोजना गरिएको कार्यक्रममा बोल्नुहुंदै नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले आगामी निर्बाचनमा ब्यक्ति भन्दा संगठनलाई
प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

संधैभरि मै लाई चाहियो, मै मात्र हुनुपरयो भन्ने मान्यता त्यागेर युवा पुस्तालाइ प्रशिक्षित गराउंदै जिम्मेवार र रुपान्तरण सहितको पुस्तान्तरण गरिनुपर्ने आजको आवश्यकता रहेको शर्माले औल्याउनुभयो ।
सभापति शर्माले प्रदेश, जिल्लाले समानुपातिक, प्रत्यक्ष सिफारिस गर्दा नैतिकवान, चरित्रवान र निरन्तरतालाई प्राथमिकतामा राखेर सिफारिस गर्न र यसका लागी प्रदेश समितीले सहजिकरण गर्न तयार रहेको समेत स्पस्ट गर्नुभयो ।

Advertisment