प्रदेश सभा समानुपातिक तर्फ युवा नेता गोविन्द बलियो उम्मेदवार

पोखरा २ असोज,

राजनितिक दलहरुले समानुपाति तर्फको बन्द सुची बुझाउने अन्तिम तयारी गर्दैछन् । समानुपातिक सुचीमा सिफारिस भएका उम्मेदवारहरुको छनोट गरि दलहरुले निर्वाचन आयोगलाई बन्द सुची बुझाउनुपर्छ । बन्द सुची बुझाउने मिति नजिकिदै जाँदा नेताहरु बिच पनि नाम बन्द सुचीमा पार्न कसरत गरिरहेका छन् ।

यसै बिच कास्की क्षेत्र नम्बर ३ ‘क’ बाट युवा नेता गोविन्द नेपाली समानुपातिक तर्फ बलियो उम्मेदवारका रुपमा हेरिएको छ । लामो समय देखि विद्यार्थी राजनिति गर्दै आएका नेता नेपाली गण्डकी प्रदेश सभा सदस्यका लागि समानुपातिक तर्फ सिफारिस समेत भएका छन् । उनलाई सिफारिस भएका मध्ये बलियो उम्मेदवारका रुपमा हेरिएको छ । पार्टी भित्र लामो समय देखिको निरन्तर क्रियाशिलता र विभिन्न सामाजीक संघसंस्थाको अवद्धताका कारण बलियो उम्मेदवार आफुँ रहेको नेपालीको भनाई छ । सिफारिसमा परेकाहरु नेताहरुलाई रिझाउन केन्द्र धाउन थालेका छन् तर उनि गएका छैनन् । युवा नेता नेपाली भने आफ्नो नाम बन्द सुचीमा पर्नेमा ढुक्क रहेको बताँउछन् । कांग्रेसले पार्टीमा दिएको योगदानका आधारमा समानुपाति सुची तयार गर्छ भन्र्नमा विश्वस्त छु उनले भने । कक्षा ५ मा अध्ययनरत हुदाँ नेविसंघ संस्कृत मावी इकाई सभापति भएका नेपालीले २०५९ नेविसंघ वडा इकाई सभापति, नेविसंघ क्षेत्रिय सभापति, नेविसंघ केन्द्रीय महाधिवेशन प्रतिनिधि, नेपाल दलित संघ कास्की निर्वाचित जिल्ला सचिव, नेपाल दलित विद्यार्थी संघ केन्द्रीय उपाध्यक्ष भईसकेका छन् । पार्टीको हरेक आन्दोलनमा अग्रमोर्चामा देखिने नेता नेपाली पटक पटक पक्राउ समेत परेका छन् भने पार्टी कै आन्दोलनमा कयौ पटक घाइते समेत भएका छन् ।

नेपाली प्रजातान्त्रिक तथा दलित आन्दोलनका अगुवा भवे सार्कीका छोरा समेत रहेका नेपालीले संस्कृत मावी पोखराको व्यवस्थापन समितिको अध्यक्ष दुई कार्यकाल, भवन निर्माण समिति, शिव पञ्चायङ मन्दिर अनुगमन समिति सदस्य, विश्वहिन्दु महासंघ वडानम्बर १ इकाई सचिव, शंखर टोल विकास संस्था सचिव, शंखरटोल युवा क्लब संस्थापक सभापति, रेडक्रस संस्कृत मावी इकाई सभापति, भुमिहिन सुकुम्बासी छानविन समिति वडानम्बर १ सदस्य भएर काम गर्दै आएका छन् । युवा नेताका पिता स्वर्गिया भवे सार्कीलाई निष्ठवान नेताका रुपमा चिनिन्छ । २०२८ साल देखि कांग्रेसको राजनीति थालेका भवेले दलितहरुको हक हित र अधिकारका लागि अन्तिम समय सम्म लडिरहे । दलित संघ र पार्टीका विभिन्न जिम्मेवारी लिएर उनले ठुलो योगदान दिएका छन् ।

Advertisment