प्रदेशले पहिचान स्थापित गराएको छ : मुख्यमन्त्री पोखरेल

पोखरा, ३ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित स्रोत र साधनका बीच पनि प्रदेश सरकारले आफूलाई स्थापित गराउन सफल भएको बताउनुभएको छ । संबिधान दिवस २०७९ का अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले वित्तीय स्र्रोत पर्याप्त प्राप्त नहुँदा, अधिकार हस्तान्तरण र जनशक्ति व्यवस्थापनमा ढिलाइ भएकै कारण प्रदेश तहले चाहेजस्तो गरी काम हुन नसकेको अनुभूति भए पनि क्षमता अनुसार काम गरेर पहिचान स्थापित गराउन सफल भएको बताउनुभएको हो ।

वहांले संविधानमा प्रष्टसँग उल्लेख गरिएका कतिपय अधिकार प्रदेशमा हस्तान्तरण गर्न ढिलाइ भइरहेको छ । प्रदेश संरचना नै संघीयताको खास पहिचान हो । वित्तीय स्र्रोत पर्याप्त प्राप्त नहुँदा, अधिकार हस्तान्तरण र जनशक्ति व्यवस्थापनमा ढिलाइ भएकै कारण प्रदेश तहले चाहेजस्तो गरी काम हुन नसकेको अनुभूति भएको छ ।

सहकार्य, समन्वय र सहअस्तित्वलाई संविधानले आत्मसात गरेको उल्लेख गर्दै मुलुकमा राजनीतिक स्थायित्व कायम गरी गरी दीगो विकासका लक्ष्य प्राप्तिका लागि ३ तहका बीच समन्वय जरुरी रहेको बताए । संविधान सभाबाट नेपालको संविधान जारी भएको आजको यो दिन नेपाल र नेपालीका लागि ऐतिहासिक हो । लगातार ७ दसकको संघर्षबाट नेपाली नागरिकले आफ्नो संविधान लेखनमा प्रत्यक्ष सहभागिता जनाउने अवसर पाएको वहांले जानकारी दिनुभएको छ । संविधान कानुनी सिद्धान्तमा आधारित राजनीतिक सहमतिको दस्तावेज हो भन्दै वहांले यसमा लिपीबद्ध नागरिक अधिकारलाई कार्यान्वयन गर्दै उनीहरुका आवश्यकताको सम्बोधनका लागि हामी प्रयासरत रहनुपर्ने बताउनुभयो । प्रदेश सरकार यसमा क्रियाशील रहेको पनि वहांले उल्लेख गर्नुभएको छ ।

स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा संविधान दिवसका अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै वहांले मुलुकमा राजनीतिक परिवर्तका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनहरुमा जीवन अर्पण गर्नेे सहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना र बेपत्ताका परिवारजनमा सहानुभूति प्रकट गर्नुभएको छ ।

नेपालको संविधानले मौलिक हकमार्फत् प्रत्याभूत गरेका अधिकारको कार्यान्वयन गर्दै आधारभूत आवश्यकतामा सबै नागरिकको पहुँच पु¥याउनका लागि संविधान दिवस २०७९ ले प्रेरणा दिने विश्वास समेत मुख्यमन्त्री पोखरेलले बिश्वास व्यक्त गर्नुभएको छ ।

Advertisment