अष्ट्रेलिया अध्ययनका लागि म्याक्सको पोखरामा शाखा विस्तार

असोज २, पोखरा
अष्ट्रेलियामा मुख्य कार्यलय रहेको शैक्षिक परामर्श केन्द्र म्याक्सी

एजुकेशन एण्ड माइग्रेसन सर्भिसको शाखा पोखरामा विस्तार भएको छ । पोखरामा आयोजित एक कार्यक्रममा शैक्षिक परामर्श केन्द्रको उद्घाट्न उहाँकै बुवा साहित्यकार कवि विष्णुकुमार श्रेष्ठ अल्पविराम र आमा राजेश्वरी श्रेष्ठ ले म्याक्सी म्याक्स को लोगो अंकित व्यानर अनावरण तथा कवि तीर्थ श्रेष्ठले पानसमा बत्ती बालेर शुभारम्भ गर्नुभएको हो ।

नेपाली संगीतमा ख्याती कमाएका पोखरेली ब्याण्ड कन्दराका गायक बिबेक श्रेष्ठको समेत लगानी रहेको म्याक्सी म्याक्सको पोखरा शाखा नेपालका लागि तेस्रो शाखा हो । यस अघि नेपालमा चितवनको पर्सा तथा काठमाण्डौको कुमारीपाटीमा सञ्चालनमा आएको छ । यस बाहेक म्यानमार, लाओस, फिलिपिन्समा समेत यसको शाखा विस्तार गरिएको पोखराका निर्देशक श्रेष्ठले बताउभयो । म्याक्सी म्याक्सले अष्ट्रेलिया लगायत अमेरिका, क्यानडा, युके, युरोपेली देशहरुका कलेज तथा युनिभर्सिटी अध्ययनका लागि परामर्श तथा सेवा प्रदान गर्दै आइरहेको छ ।

कार्यक्रममा बिभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधीहरुले अष्ट्रेलियामा अन्र्तराष्ट्रिय विद्यार्थीहरुले पढ्न पाउने विषय र अवसर तथा त्यसका लागि चाहिने प्रकृयाका बारेमा अवगत गराएका थिए । पोखरा चिप्लेढुङ्गाको आयुष प्लाजामा अवस्थित शैक्षिक परामर्श केन्द्रले विद्यार्थीहरुका लागि कलेज, युनिभर्सिटी तथा विषय छान्न का लागि परामर्श र प्रकृयाका सहयोग गर्नेछ । यसका अलावा दक्ष जनशक्तीहरुलाई माइग्रेशन सम्बन्धी सेवा तथा भिजिट भिसामा जान चाहनेहरुका लागि पनि उचित परामर्श, डकुमेन्टेशन तथा प्रकृयाका लागि सेवा प्रदान गर्ने श्रेष्ठले बताउनुभयो ।

Advertisment