केन्द्रिय सदस्य भण्डारीद्धारा तनहुँ क्षेत्र नं १ मा उम्मेदवारी दर्ता

दमौली ,१३ भदौ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले तनहुँ क्षेत्र नं १बाट उम्मेदवारी दर्ता गराएका छन् ।
केन्द्रीय सदस्य भण्डारीको उम्मेदवारी जिल्ला सदस्य डम्बरबहादुर अधिकारीले दर्ता गराएका थिए । के.स.भण्डारी यसअघि तनहुँ क्षेत्र नं १बाट २०७०को संविधान सभामा निर्वाचित भएका थिए भने २०७४ को निर्वाचनमा क्षेत्र नं २बाट निर्वाचन लड्नुभएको थियो ।
अधिकारीद्धारा क्षेत्र नं १(२)मा उम्मेदवारी दर्ता

दमौली , १३ भदौ । तनहुँ क्षेत्र नं १(२)मा नेपाली कांग्रेसको तर्फबाट जिल्ला सदस्य डम्बर अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १(२)कार्य समितिले आव्हान गरे अनुरुप उम्मेदवारी दर्ता गर्ने क्रममा अधिकारी पहिलो हुन पुगेका छन् । अधिकारी २०४६ सालको जनआन्दोलनमा १० बर्षको उमेरमा सहभागी भएका थिए । विद्यार्थी काल देखि कांग्रेसको राजनीतिमा होमिएका अधिकारीले विद्यार्थीकालमा निर्मल माध्यमिक विद्यालयमा नेविसंघको इकाई अध्यक्ष ,पृथ्वीनाराण क्याम्पस इकाई सदस्य , नेपाली कांग्रेस व्यास नगर समितिको सहसचिव , नेपाल प्रेस युनियन तनहुँ र नेपाल पत्रकार महासंघ तनहुँको अध्यक्षको जिम्मेवारी सम्हालि सकेका छन् ।त्यस्तै स्कुल अफ डेमोक्रेसी तनहुँ शाखाको अध्यक्ष र विभिन्न सामाजिक संघ संस्थामा रहेर काम गर्दै आईरहेका छन् ।

अधिकारीले दाबेदारी गरेको प्रदेशमा गठबन्धनका तर्फबा माओवादी केन्द्रका नेता एवं गण्डकी प्रदेशका पूर्वमन्त्री हरिबहादुर चुमनको दाबेदारी रहने अनुमान गरिएको छ ।यद्यपी चुमनले केही दिन अगाडि आफ्नो दाबेदारी संघ तर्फ रहेको बताएका थिए । प्रदेश सभामा दाबेदारी प्रस्तुत गरेका अधिकारी गठबन्धन हुन्छ भनेर सुरु मैदान खाली गर्नुपर्छ भन्ने मान्यतामा आफ नरहेको बताएका छन् ।आफूले उम्मेदवारी दर्ता गराएको प्रदेश कांग्रेसको भागमा पर्ने समेत आफू विश्वस्त रहेको अधिकारी बताउँछन् ।

Advertisment