कास्कीमा कांग्रेसको उम्मेदवार छनौट, बराल संघिय संसदको उम्मेदवार

पोखरा । असोज २३, नेपाली कांग्रेसको केन्द्रिय संसदिय समितीले आज बिहान कास्की जिल्लाको उम्मेदवार चयन गरेको छ । प्राप्त समाचार अनुसार कास्की क्षेत्र नम्बर १ मा जिल्ला सभापति किशोर दत्त बराल लाई संघिय संसदको उम्मेदवार बनाउने निर्णय लिएको छ ।
त्यसैगरि क्षेत्र नम्बर १ को प्रदेश (ख)मा दिपक गुरूङ (माईला), क्षेत्र नम्बर २ को प्रदेश (ख) मा गण्डकी प्रदेशका मन्त्री बिन्दु कुमार थापालाई र क्षेत्र नम्बर ३ को प्रदेश (ख) मा प्रकाश बराल लाई उम्मेदवारी बनाउने निर्णय भएको संसदिय समितीका एक सदस्यले युनाईटेड खबरलाई जानकारी दिएको छ । अन्य क्षेत्र र प्रदेश भने गठबन्धन घटकका दल लाई दिने सहमति भईसकेको छ ।

Advertisment