शेरचन स्मृति प्रतिष्ठानको शुभकामना आदान प्रदान

पोखरा, १३ असोज
लोक स्रष्टा, साधक, शिल्पी कल्याण शेरचनको स्मृतिमा स्थापित संस्था कल्याण शेरचन स्मृति प्रतिष्ठानले नेपालीहरुको आउदै गरेको चाडपर्वहरु दशै, तिहार, नेपाल सम्बत, छठ लगायतको पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
पोखरा १४ स्थित ह्योल्मो समाजमा आयोजित कार्यक्रममा शुभकामना आदान प्रदान सहित कल्याण शेरचन प्रतिष्ठानले गत साउनमा सम्पन्न राष्ट्रिय खुल्ला लोकदोहोरी गित प्रतियोगिताका विशेष सहयोगीहरु ह्योल्मो समाज कास्की, तमु गुरुङ कलाकार संघ गण्डकी, मगर कलाकार समाज लगायतलाई प्रसंसापत्रसहित धन्यवाद व्यक्त गरिएको थियो।
कार्यक्रमको उदघाटन गर्नुहुदै प्रमुख अतिथि प्रतिष्ठानका कानुनी सल्लाहकार एवम पोखरा महानगरपालिकाका वरिष्ठ कानुन अधिकृत नारायण शर्माले शुभकामना व्यक्त गर्नुहुदै प्रतिष्ठानले अत्यन्तै प्रभावकारी कार्यक्रमहरु गर्दै आएको भन्दै प्रसंशा गर्नुभयो। उहाँले आगामी दिनमा प्रतिष्ठानले गर्ने हरेक गतिविधीमा पोखरा महानगरपालिका लगायत सबैको साथ रहने विश्वास व्यक्त गर्नुभयो।
प्रतिष्ठानका अध्यक्ष क्या.पुर्णबहादुर ह्योल्मोको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका संरक्षक नरबहादुर शेरचन, सल्लाहकार एवम तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, तमु कलाकार संघ गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङ, ह्योल्मो समाजका प्रतिनीधि लगायतले शुभकामना व्यक्तगर्नुभएको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष ज्ञानबहादुर थापाले स्वागत र संचालन प्रतिष्ठानका सचिव जीवन दाहालले गर्नुभएको थियो।

Advertisment