परराष्ट्रका अधिकृतको दुर्घटनामा निधन

काठमाण्डौं, कार्तिक २१ । गत शुक्रबार मोटरसाइकलको ठक्करले परराष्ट्र मन्त्रालयकी एक अधिकृतको ज्यान गएको छ । डिउटी बाट फर्कंदै अनामनगरस्थित निवास तर्फ गईरहेकी अधिकृत आस्था सुब्बालाई बाटो काट्नेक्रममा मोटरसाइकलले पूर्वी गेट अगाडी ठक्कर दिएको थियो ।

दुर्घटना लगत्तै मोडल अस्पतालमा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको समाचार प्राप्त भएको छ ।

०६९ सालमा अधिकृतका रूपमा सेवा प्रवेश गरेकी आस्था राष्ट्रसंघ महाशाखामा थिइन् । कार्यालय समयभन्दा अबेरसम्म मन्त्रालयमा बसेर काम गरिरहेकी उनको घर फर्कने क्रममा हिजो ज्यान गएको हो ।

ट्राफिक प्रहरीका अनुसार प्रदेश ३ ०० प ३६१६ नम्बरको बाइकले अधिकृत सुब्बालाई ठक्कर दिएको थियो । चालक मिलन राना उक्त दुर्घटनामा परेर घाइते छन् । उनलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको सिंहदरबार प्रहरी बृत्तले जनाएको छ ।

Advertisment