पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलमा मसिर ५ गते देखि क्यालिब्रेसन फ्लाइट हुने, आयो विशेष उपकरण जडित विमान

पोखरा, ३० कार्तिक,

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइटको मिति ९ दिन अघि सरेको छ ।

यसअघि नेपाल नागरिक उड्यन प्राधिकरणले मंसिर १४ गते देखि क्यालिब्रेसन फ्लाइट गर्ने भनेपनि पछिल्लो मिति तय गर्दै मंसिर ५ गते देखि नै गर्ने तयारी गरेको छ । गत चैत महिनामा निर्माण सकेर चिनियाँ कम्पनीले नेपाललाई हस्तान्तरण गरेको पोखरा विमानस्थलमा क्यालिब्रेसन फ्लाइट गर्न तयारी तिव्रा पारेको छ । नियमित उडान गर्नुअघि विमानस्थलमा जडान गरिएका यन्त्र उपकरणले ठीकसँग काम गरेनगरेकोदेखि रनवेसम्मको परीक्षण हुनलागेको हो । यसका लागि एरो थाईको विशेष उपकरण जडित विमान प्राविधिक टोली कार्तिक २७ गते काठमाडौँ आइसकेको पोखरा विमानस्थल प्रमुख विक्रम गौतमले जानकारी दिए । । उक्त विमान मंसिर २ गते पोखरा आउँदै छ । सो विमानले एक साता लामो निरन्तर क्यालिब्रेसन फ्लाइट गर्नेछ । यसअघि क्यालिब्रेसन फलाइट मंसिर १४ गते देखि हुने भनिए पनि नागरिक उड्यन प्राधिकरणले मिति परिवर्तन गरि ९ अघि सारेको हो । क्यालिब्रेसन फ्लाइट हुनुअघि रिट्ठेपानी डाँडा काट्ने काम धमाधम भइरहेको छ । दैनिक ५ वटा डोजर लगाएर अहिले डाँडा काट्ने काम भइरहेको छ । गत साउन २२ गते बसेको प्राधिकरणको बैठकले विमानस्थल आगामी पुस १७ गतेदेखि व्यवसायीक रुपमा सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

विमानस्थल सञ्चालनमा अवरोध गर्दै आएको ल्यान्डफिल साइट पनि पोखरा महानगरपालिकाले व्यवसायीक उडान अघि सार्ने तयारी गरिसकेको छ  । डाँडा कटान गर्दा निस्किएको माटोले ल्याण्डफिल्ड साइट पुर्ने योजना महानगरपालिकाको छ । करिब २२ अर्बको चिनियाँ ऋणमा निर्माण भएको विमानस्थलमा यान्त्रिक उडानपछि नेपाल वायुसेवा निगमको विमानबाट परीक्षण उडान हुनेछ । यस विमानस्थलमा उडान भर्न जहाजले सिमरा हवाई रुट प्रयोग गर्नुपर्छ । पोखरा विमानस्थलका लागि भनेर अहिले सम्म कुनै रुट लिएको छैन । पोखरा देखि सिधा अन्र्तराष्ट्रिय उडान गर्न जहाजलाई भैरहवा हवाई रुट उपयुक्त हुने विज्ञहरूको राय छ । भैरहवा रुट भारतले अनुमति दिए भाडादर सस्तो पर्न जान्छ । पोखरामा अन्तर्राष्ट्रिय उडान भर्न दिल्ली, हङकङ, दोहा र बैंककसँग सहकार्य र सम्पर्क भइरहेको जनाएको छ । विमानस्थलमा १ सय ८० सिटको न्यारोबडी जाहाजहरु आउने छन् । यो विमानस्थल संचालनमा आए संगै आम नेपालीले गर्भ गर्न त पाउने नै छन त्यो भन्दा आम पोखरेलीको भने ४९ वर्ष अघिको सपना पुरा हुने छ ।

Advertisment