राजनीतिलाई राम्रो र विश्वसनीय बनाऔं : बराल

पोखरा, १ मंसिर,

पाँच दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बराल राजनीतिलाई राम्रो र विश्वसनीय बनाउनुपर्ने बताउनु भएको छ ।

‘राजनीतिलाई राम्रो र विश्वसनीय बनाउन प्रतिवद्व छु, उहाँले भन्नुभयो – राम्रो र विश्वसनीय राजनीतिले देशलाई बचाउँछ, जनतालाई खुशी दिन्छ ।’ राजनीति हो, उम्मेद्बार हुँ भन्दैमा जे पनि बोलिदिने र भनिदिने पक्षमा आफू नरहेको उहाँको भनाइ छ । उहाँले विग्रन लागेको देशलाई जोगाउन पनि आफ्नो उम्मेद्बारी भएको उल्लेख छ । उम्मेद्बार बरालले देश बनाउने अभियानमा सबै एकजुट हुनुपर्ने आवश्यकता समेत औल्याउनुभयो । बुधबार पोखरा २६ का विभिन्न स्थानमा आयोजित कोणसभामा उहाँले देशको ध्यान तान्न सक्ने गरी संसदमा प्रस्तुत हुने भन्दै विजयी गराउन आग्रह गर्नुभयो ।

‘स्पष्ट योजना छ, स्पष्ट दृष्टिकोण छ, उहाँले भन्नुभयो– सबै मतदाताले गर्व गर्ने गरी काम गर्छु, ढुक्क हुनुहोस्।’ उहाँ पाँच सुत्रीय अभियानका साथ चुनावी मैदानमा हुनुहुन्छ । मेरो इरादा, संसद र सांसदको मर्यादा, राजनीतिमा शुद्वता, मेरो प्रतिवद्वता, समृद्विको निकास, गुणस्तरीय र योजनाबद्व विकासलाई आफ्नो सुत्र भन्नुभएको छ । त्यस्तै, देशको समृद्वि र शान्ति, बाटो हो कृषि पर्यटनमा क्रान्ति तथा टाउको(ज्ञान), हृदय(प्रेम र शान्ति) र हात (उद्यमशीलता र सीप) सहितको शिक्षा, विकास सुधार गर्ने मेरो महान सदीक्षालाई आफ्नो सुत्रका रुपमा अघि सार्दै निर्वाचनमा होमिनु भएको हो । ती सुत्रका आधारमा कास्की जिल्लालाई राजनीति, विकास र शिक्षाका दृष्टिकोणले चिनाउने संकल्प गर्नुभएको छ । कास्की काँग्रेसका सभापति समेत रहनु भएका उम्मेद्बार बरालले आफू काँग्रेस कार्यकर्ता भएपनि विकास, निर्माण र समृद्धिको विषयमा साझा हुने उल्लेख गर्नुभएको छ । कास्की क्षेत्र नं १(क) प्रदेश सभा सदस्य उम्मेद्बार विगतमा जस्तै यसपटक पनि जनताको साथ र समर्थन पाउँने विश्वास व्यक्त गर्नुभयो ।

Advertisment