अपाङ्गता भएका ब्यक्तिलाई सहज रुपमा मतदान गर्ने वातावरण मिलाउन माग

पोखरा, १ मंसिर,

नेत्रहिन युवा संघ नेपाल कास्कीले अपाङ्गता भएका ब्यक्तिहरुलाई मताधिकार प्रयोग गर्ने अवसरबाट वञ्चित हुनुपर्ने अवस्था कायम रहेको भन्दै सरोकारवाला निकायलाई सहजिकरण गरिदिन आग्रह गरेको छ ।

संघले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा अपाङ्गता भएका ब्यक्तिहरुलाई सहज आवागमनका लागि यातायातको प्रबन्ध गरिदिन, मतदानस्थललाई अपाङ्गता मैत्री बनाउन, सहयोगीको प्रबन्ध गरिदिन, बहिरा व्यक्तीहरुसँग सांकेतिक भाषमा सञ्चार गर्न सक्ने वाताबरण सिर्जना गरिदिन सम्वन्धित सरोकारवालासंग अनुरोध गरेको हो । अपाङ्गता भएका व्यक्तीहरू आफ्नो वालिग मताधिकारबाट वञ्चित हुन नपरोस् भन्नका लागी निर्वाचन आयोग, राजनीतिक दलहरु, अपाङ्गताको क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरु र सम्बन्धित सरोकारवाला निकायहरूलाई सहजिकरण गरिदिन संघले आग्रह गरेको छ।

‘नेपालको संविधान २०७२, अपाङ्गता भएका व्यक्तीहरूको अधिकार सम्बन्धी ऐन २०७४ को दफा ११ तथा अपाङ्गता भएका व्यक्तीहरूको अधिकार सम्बन्धी अन्तराष्ट्रीय महासन्धीको धारा २९ ले अन्य व्यक्तीसरह अपाङ्गता भएका व्यक्तीहरूले पनि राजनितिमा सहभागीता हुन पाउने हक सुनिश्चित गरेको छ तर पनि अपाङ्गता भएका व्यक्तीहरू विभिन्न भौतिक सामाजिक तथा सञ्चारजन्य अवरोधका कारण योग्य भइकन पनि आफ्नो वालिग मताधिकार प्रयोग गर्ने अवसरबाट वञ्चित हुनुपर्ने अवस्था कायम नै छ। तसर्थ, कोहि पनि अपाङ्गता भएक व्यक्तीहरू आफ्नो वालिग मताधिकारबाट वञ्चित हुन नपरोस् भन्नका लागी निर्वाचन आयोग, राजनीतिक दलहरु, अपाङ्गताको क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरु र सम्बन्धिर सरोकारवाला निकायहरूले आआफ्नो तर्फबाट अग्रसर्ता लिइदिनहुन सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छौं ।’ बुधबार जारि गरिएको विज्ञप्तिमा भनिएको छ ।

Advertisment