गोरखा-२ प्रदेश सभा (ख) मा कांग्रेसका सुरेन्द्र पाण्डे विजयी

गोरखा मंसिर ७ । गोरखा क्षेत्र नम्बर २ प्रदेश सभा क्षेत्र (ख) मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे विजयी भएका छन्।
यहाँ जम्मा २६ हजार ३ सय २६ मत खसेको थियो।
कांग्रेसका पाण्डेले १६ हजार ८ सय ८२ मत ल्याएर निर्वाचित भएका छन्।
यहाँ नेकपा एमालेका उम्मेदवार बसन्तकुमार गुरूङ पराजित भएका छन्। उनले ५ हजार ३ सय ६० मत ल्याएका छन् ।
पाण्डे यसअघि राष्ट्रिय सभा सांसद थिए। राष्ट्रिय सभामा कांग्रेसका तर्फबाट प्रतिपक्षी दलका नेतासमेत भएका थिए।

Advertisment