भारी मतका साथ सभापति देउवा सातौं पटक बिजयी

काठमाडौं, मंसिर ७ । डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका छन्।यो उनको सातौँ पटकको संसद् यात्रा हो ।
कुल ५१ हजार २०३ मत गणना हुँदा देउवा २५ हजार ५३४ मत पाए। मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरे। अर्का उम्मेदवार नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले सात हजार ५३५ मत प्राप्त गरे।

विसं २०१७ सालदेखि राजनीतिमा लागेका देउवा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको पहिलो निर्वाचित अध्यक्षसमेत हुन्।

विसं २०४८ को आमचुनावमा देउवा डडेल्धुराबाट विजयी भएका थिए। देउवाले २०५१ र २०५६ को संसदीय चुनाव, विसं २०६४ र २०७० को संविधान सभा चुनाव तथा २०७४ को संसदीय चुनावमा डडेल्धुराबाट जितेका थिए । स्रोत #एजेन्सी

Advertisment