कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न गण्डकी प्रदेशको आग्रह

कांग्रेस गण्डकी प्रदेशद्वारा धन्यवाद ज्ञापन
मंसीर १८, पोखरा ।
नेपाली कांग्रेस गण्डकी प्रदेशले मंसीर ४ गते सम्पन्न निर्वाचनमा सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको अध्यक्षतामा नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयमा आज भएको पदाधिकारी बैठकबाट धन्यवाद ज्ञापन गरेको हो ।
यही मंसीर ४ गते भएको राष्ट्रिय आम निर्वाचन शान्तिपूर्ण तरिकाले गराउन सहयोग गर्नुहुने निर्वाचन आयोग, सम्पूर्ण मतदाता, पाँचदलिय गठबन्धनका नेता तथा कार्यकर्ता, सम्पूर्ण सञ्चारकर्मी, सुरक्षाकर्मी तथा पर्यवेक्षक सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्नुका साथै निर्वाचनले संवैधानिक, प्रजातान्त्रिक पद्धतिको निर्माणमा सहयोग पु¥याएको हामीलाई अनुभुती भएको कुरा उल्लेख गरिएको प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)ले जानकारी गराए ।
मंसीर ४ गते सम्पन्न भएको आम निर्वाचनबाट गण्डकी प्रदेशमा पनि नेपाली कांग्रेसलाई ठूलो पार्टी बनाउने पाँचदलिय गठबन्धन भएकोले नेपाली को लागि आवश्यक पहल र छलफल गर्ने निर्णय गरिएको उनले भने ।
साथै, हालै सम्पन्न राष्ट्रिय निर्वाचनमा यस गण्डकी प्रदेशबाट पाँचदलिय गठबन्धनबाट उम्मेदवार भएका १८ संघीय सांसदका उम्मेदवार मध्ये १३ जना संघीय सांसद जिताएको र ति मध्ये १० जना नेपाली कांग्रेसले जितेको छ भने गण्डकी प्रदेश सभा सदस्य ३६ मध्ये गठबन्धनबाट २३ सभा सदस्यलाई जिताएको र त्यस मध्ये १८ प्रदेश सदस्य नेपाली कांग्रेसले जितेकाले गठबन्धनका तर्फबाट केन्द्रमा नेपाली कांग्रेसको नेतृत्वमा केन्द्रीय सरकार र यस गण्डकी प्रदेशमा पनि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसको नेतृत्वमा प्रदेश सरकार बनाउन पहल गर्ने निर्णय गरिएको प्रवक्ता बास्तोलाले बताए ।

Advertisment