नेपाली कांग्रेस कम्युनिष्ट नेता को चक्रब्यूहमा !

पोषनाथ शर्मा

कांग्रेस का नेता स्व ; सिके प्रसाई को भनाई मा राजनीति मा मर्द ले बिउ छर्छ नामर्द ले भीत्र्याउछ भनेझै नेपाल को राजनीति त्यस्तै भयो। सत्ता को प्रमुख दाबेदार रहेको नेपाली कांग्रेस यतीबेला दूई कम्युनिष्ट नेता को चक्रब्यूहमा फस्न पुगेको छ । राजनीति बुध्दीचालका माहिर खेलाडी अरुलाई उपयोग गरेर भर्याङ चढ्न सीपालू प्रचन्ड र चटके माहीर अर्का खेलाडी एमाले अध्यक्ष केपी ओली को चक्रब्यूहमा फसेर , अहिले काग्रेस को अबस्था कस्तो छ भने लामो यात्रा पछी बाटो बिराएको थाहा त पाउछ तर पून:फर्किएर गन्तब्यमा पुग्ने समय को उत्साह र औचित्य नै समाप्त भैसकेको हुन्छ यधपी मानिस फस्न सक्छ फसेपछी फेरी नफस्ने गरी पाठ सिक्नूपर्दथ्थो । सत्ता स्वार्थ का लागी फूट्दै जाने जूटदै पनी जाने निर्लज्जता को कम्युनिष्ट संस्कृतिको पृष्ठभूमि मा काग्रेस लेआफ्नो इतिहास नै बिर्सन खोज्दा आउने परिणाम नै यस्तै हो।डा बाबुराम भट्टराईको भनाई मा नेपालका कम्युनिष्ट हरू भनेका गोरु हून,काम नभये का बेला टन्न खाएर आफू आफु जूध्ने,आफ्नो सिङ भाचेर रगताम्यै हूदै लडने अनि अबसर आएका बखत एउटै जोतारो र हलोमा बाधिएर खेत जोत्ने ।यो संस्कृतीमा हूर्केका कम्युनिष्ट हरू सग को मेलमिलाप कती उपयोगी थियो?नेतृत्व को आत्मसमिक्षा को बिषय हो।
नीर्वाचन मा नेपाली कांग्रेस ले नेतृत्व गरेको पाच दलिय गठबन्धन लाई चटक्कै छाडेर दोश्रो दल एमालेको को समिकरण मा पुगेका प्रचन्ड एमाले समेत को पाचदलिय गठबन्धन को सरकार को नेतृत्व गरिसकेपछि र प्रेम मा र यूद्ध मा हरेक तिकडम जायज हून्छ भनेझै पृष्ठभूमि, पहिचान, राजनीति जनाधार,मताधार,केही नमील्ने , , गणतन्त्र को संबिधान का अन्तर्वस्तु नै फेर्ने बाचा कबुल का साथ निर्वाचित रा प्र पा र स्वतन्त्र पार्टी समेत को सहभागिता मा बनेको यो बर्णाश्रम सरकार र संसद बाट आफ्नो स्पेश(राष्ट्रपति र सभामुख) खोज्नू प्रजातन्त्र बादी र प्रमुख दल का हैसियत ले संविधान को रक्षा ब्यबस्था को खातीर पनी जायज नै छ र थियो यधपी यो बिचमा के भयो के पुगेन बिषय बेग्लै होला ।तर अझै समय घर्कीसकेको छैन राष्ट्रपति को निर्वाचन बाकी नै छ राजनीति मा स्थायी सत्रू र स्थाई मीत्र हुदैन भन्ने उखान छ तथापी यहा के थाहा पाईराखौ भने गणतन्त्र का निम्ती एउटै थलोमा होमीएका शक्ति आपसमा सत्ता स्वार्थ का कारण गणतन्त्र बिरोधी शक्ति हरू सग सत्तारुढ खासगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हात बढाउदै जाने हो भने हीजो गिरिजाप्रसाद कोइराला सग को शान्ति सम्झौता को हस्ताक्षर कर्ता को दाबी अर्थ हिन हुन पुग्छ । राजनीति मा सफलता र पराजय जिवनका महत्व पुर्ण हिस्सा हून। तापनि राष्ट्रिय राजनीति ले यहि बाटो समात्ने हो भने देश ले कुन दिशा ले ला ?गंभीर चिन्ता को बिषय हो । जो जीता उहि सिकन्दर ?भन्ने हो भने बिषय बेग्लै हो। सहमति को अभाब र बिश्वास को संकट बाट निकास दिन प्रधानमन्त्री का नाताले सहमति को खोजी गरी सन्तूलीत राजनीतिक बिकास का लागी अगाडी बढनु पर्दछ। यद्यपि प्रधानमन्त्री का पछील्ला कदम आशालाग्दो देखीएको छ , सर्वदलीय बैठक समायोजन, र मुख्य राष्ट्रपति को पदका बारेमा उनको भनाई संकेत का रुपमा बुझ्न सकिन्छ।
। संसदको बनौट दल हरुको हैसियत र बर्तमान नेपालको राजनीति‌ अबस्था, को बोध प्रधानमन्त्री बाट हून सक्यो भने राजनीति ले सहि दिशा दिन सक्छ। अहंमता ले कसैको भलो गर्दैन संयमता ले लोकतान्त्रिक पद्दति लाई बलीयो बनाउछ सत्ता चूनाबी प्रतिस्पर्धा को खेल हो आउनु जानु स्वभाविक हो । पाउदैमा मात्तीने र नहूदैमा आत्तीने होईन तर पनि लोकतन्त्र को संस्कृति र बिश्वास को पुल अक्षुण राख्न जरूरी छ

लेखक – पुर्ब क्षेत्रिय सभापति एबं नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी हुनुहुन्छ ।

Advertisment