ग्रिनफोर्स क्बलले नयां बर्षमा सार्दिखोलामा मेला आयोजना,आन्तरिक पर्यटनमा टेवा पुग्ने बिश्वास

चैत २७, पोखरा कास्कीको माछापुच्छ्रे गाउँपालिका—२ मा ‘भुर्जुङखोला तातोपानी माउन्टेन बाइक रेस’ हुने भएको छ । वातावरण जोगाउन धुवाँरहित साइकल चढ्न प्रेरित गर्ने उद्धेश्यले नयाँवर्षको दिन दौड प्रतियोगिता आयोजना गरिएको ग्रिनफोर्स युवा क्लबले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ ।
क्लबले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले माउन्टेन बाइक रेस सहित अन्य विविध कार्यक्रम आयोजना गरिएको बताएको छ ।
पर्वतीय साइकल दौडले माछापुच्छ्रे गाउँपालिकाका आठ वटा वडा र ५० किमी दूरी तय गर्ने दौडका माउन्टेन बाइक रेसका संयोजक माधव आचार्यले बताउनुभयो ।
क्लबको १५ औँ वार्षिकोत्सवका अवसरमा पारेर कार्यक्रम आयोजना हुन लागेको हो । पाँच दिनसम्म सञ्चालन हुने कार्यक्रममा भुर्जुङखोला तातोपानी माउन्टेन बाइक रेस सहित पुरुष तथा महिला भलिबल प्रतियोगिता, भेट्रान भलिबल, छेलो, म्यूजिकल चेयर लगायतका कार्यक्रमहरु हुनेछन् । पुरुष भलिबलको विजेताले रु ९९ हजार ९९९, द्धितीयले रु ५५ हजार ५५५ नगद पुरस्कार राखिएको जनाएको छ ।

माछापुच्छ्रे गाउँपालिका—२ भुर्जुङखोला पोखराको बगरदेखी १२ किमी उत्तरमा पर्दछ । त्यहां प्राकृतिकरुपमा उत्पन्न भएको तातोपानी कुण्ड छ । खारपानीस्थित सेती नदी किनारमा रहेको तातोपानी नुहाउनका लागि आन्तरिक पर्यटकको जाने गर्दछ ।
कृषि सहकारी मार्फत एक र निजीस्तरबाट दुई स्थानमा विश्वकै प्रसिद्ध रेन्बो ट्राउट माछा पालन केन्द्र छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई गुरुङ गाउँ काभ्रे गाउँमा होस्टे सञ्चालन गरिएको सोही वडाका वडाध्यक्ष गणेश आचार्यले बताउनुभयो ।

आचार्यले भन्नुभयो,“यस क्षेत्रमा विभिन्न जात जातिका आआफ्नै भेषभुषा, भाषा र संस्कतिहरु छन् । यस्ता संस्कृतिहरुक बढ्दो सहरीकरणसँगै लोप नदिनका लागि मेला आयोजना गरि संस्कृति संरक्षण र सम्बर्धनमा टेवा पुग्ने विश्वास लिएका छौँ । ”

भुर्जुङखोलाको भराभरीमा ढुङ्गाखानी, दलाममा महभिर, घलेखर्क लघुजलविद्युतगृह, खादरजुँगको मौलाकोट, घोप्टेडाँडा, सिल्दु देउरालीमाई, भुर्जुङखोलाको मुल्का बराहथान, मनोरम छहरा र घाचोकको एकनासे भिरले स्वदेशी तथा विदेशी पर्यटकहरुको मन जितेको छ । क्लबका अध्यक्ष राम प्रसाद गुरुङको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारी, नेपाल सरकारका उपसचिव लोकराज आचार्य लगायतले सार्दिखोलाको महत्व र गन्तब्यहरुका बारेमा धारणा राख्नुभएको कार्यक्रमको क्लबका सचिबले सन्चालन गर्नुभएको थियो ।

Advertisment