तनहुँमा मत गणना जारी: रास्वपाका उम्मेदवार वाग्लेको मतान्तर बढ्दै

तनहुँमा मत गणना जारी

तनहुँ, वैशाख ११ गते । तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनको मत परिणाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेकाे मतान्तर बढ्दै गएको छ ।

सुरुदेखि नै अग्रता लिनुभएका वाग्लेले बिहान ९:४५ बजेसम्म १६ हजार ३४३ मतगणना हुँदा उहाँले नौ हजार दुई मत प्राप्त गरी मतान्तर बढेका मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेसका गोविन्द भट्टराईले चार हजार २१३ मत प्राप्त गर्नुभएको छ । एमालेका सर्वेन्द्र खनालले दुई हजार ४३० मत प्राप्त गर्नुभएको छ । उपनिर्वाचनमा १ लाख २३ हजार ३०५ जना मतदाता भए पनि ६३ हजार ७५७ मत खसेको थियो ।

Advertisment