पहारीहरुको बृहत भेला तयारी

पोखरा, बैशाख १३,

पहारी कुल संरक्षण समिति पोखरा ६ बैदामको आयोजनामा यही आउँदो १७ गते पोखरामा पहारी थर बन्धुहरुको बृहत भेला हुने भएको छ । चैत्र २५ गते बसेको पहारी कुल संरक्षण समितिको बैठकले भेला पोखरामा गर्ने निर्णय गरेको हो ।

भेलाका प्रमुख अतिथि प्रध्यापक डा.मादब प्रसाद पोखरेल ले बंशावलि सम्बन्धि कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा पाल्पा, सिन्धुलि, काठमाण्डौ, लम्जुङ, चितबन, डोल्पा सहित दैलेख र कास्कीका करिब तिन सय प्रतिनिधिहरुको सहभागिता रहने छ ।

पहारी कुल संरक्षण समिति पोखरा कास्कीका अध्यक्ष गोविन्द राज पहारीले पहारी थर अत्रि गोत्रको पहिलो पटक बंशावलि प्रकाशन गर्ने लागिएको बताए । उनले नेपाल भरि छहरिएर रहेका पहारी थरहरुको पुस्ताहरुको बारेमा जानकारी लिने र दिने गरि पहारी बन्धुहरुलाई गोलबन्ध गर्ने उद्देश्यले भेलाको आयोजना गर्र्ने लागिएको जानकारी दिए ।

पहारी कुल संरक्षण समितिका सह—कोषाअध्यक्ष तथा बशांबलि प्रकाशनका संयोजक प्रेमराज पहारीले “पहारीहरुको उदंगम स्थल अनुसन्धान गरि पत्ता लगाउने र आफ्ना पुर्खाको बारेमा बुझ्ने क्रममा पहारी थरहरको पुस्ता पानी पोखरेल बाट आएको र आफ्ना पूर्खाहरु पानी पोखरेल रहेको” अनुसन्धानको क्रममा थाहा भएको बताए । पोखरेल थर बाट आफ्ना पूर्खाहरुले थर राख्ने क्रममा पहारी थर लेख्ने गरेको स्थलगत सोधखोज सहित अनुसन्धान बाट देखिएको संयोजक पहारीले जानकारी गराए ।

कार्यक्रम सफल बनाउनका लागि आर्थिक संकलन, स्वागत सत्कार, आवास तथा भोजन र प्रचार प्रसार उपसमिति गठन गरि कार्य बिभाजन गरिएको पहारी कुल संरक्षण समितिका सचिब जगत बहादुर पहारीले जानकारी गराए । गणेश पहारी बाट

Advertisment