लोपउन्मुख सति घाटु संरक्षणमा स्याङजा राम्चेका युवा

धनु गुरुङ,
स्याङ्जा, २० बैशाख ,

स्याङ्जाको वालिङ नगरपालिका वडानम्बर ३ राम्चेमा  लोपउन्मुख सति घाटु नृत्य प्रदर्शन हुने भएको छ।

गाँउका युवाहरुकै सक्रियतामा लोप हुन लागेको नृत्य बैशाख पुर्णिामाको दिनदेखि तीन दिनसम्म प्रदर्शन हुन लागेको हो। विशेषगरी गुरुङ समुदायमा नाचिने घाटु अहिले अधिकाशं ठाँउबाट लोप भैसकेको छ, विश्व महामारीका कारण केही वर्ष स्थगन भएपनि यसवर्ष भने शिवमित्र तमु युवा परिवारको व्यवस्थापनमा निरन्तरता दिन लागेको हो। पौराणिक कथाहरुमा आधारित घाटुका विभिन्न प्रकारमध्ये सति घाटु कमै ठाँउमा नाच्ने गरिन्छ ।

बाध र साज श्रृगार भन्दा पनि कारुणिक कथाको व्याख्या गरिएको सति घाटुमा गुरुबा गुरुआमाले गितवाटै मंगलचरण गरी घाटु देवता जगाउने, घाटुसारी चयन, नृत्यकला सिकाउने, सति ढलाउने, सति जगाउने आदि काम गर्दछन ।

अहिलेका युवापुस्तालाई आफ्नो सस्कृतिप्रति जिम्मेवार बोध र पुर्खौदेखी चल्दै आएको सस्कृतिको जगेर्ना होस भन्ने हेतुले आयोजना गर्न लागेको शिवमित्र तमु युवा परिवारका अध्यक्ष देउराज गुरुङले बताउनुभयो। बैशाख २२, २३, र २४ गते समय मिलाएर घाटु नृत्य अवलोकनको लागि पनि आग्रहगर्नुभयो।

Advertisment