मुख्यमन्त्री पाण्डेलाई विश्वासको भारी मत, राजाबादी सांसद अलमल !

बैशाख १९

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विहीबार गण्डकी प्रदेश सभाको बैठकबाट भारी विश्वासको मत प्राप्त गर्नुभएको छ ।

गण्डकी प्रदेशसभाको बिहीबार बसेको बैठकमा मुख्यमन्त्रीले आफुलाई विश्वासको मत दिइओस् भनी गर्नुभएको प्रस्तावको पक्षमा ३५ सांसदको मत परेको छ ।

वहांलाई नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसद राजिब गुरुडं् गरी ३५ सांसदको समर्थन प्राप्त गरेका हुन्। उनको विपक्षमा नेकपा एमालेका सांसदहरुले दिए । पाण्डेको विपक्षामा २२ मत प¥यो। राजाबादी पार्टीको रुपमु परिचित  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का २ सांसद भने तटस्थ बस्नुभएको  छ ।

मुख्यमन्त्री पाण्डेले ३५ सांसदको समर्थनमा वैशाख १४ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए। पाण्डे नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता हुन्।

Advertisment