पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि फरार रहेका पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका खबर प्राप्त भएको छ । प्रहरी उच्च स्रोतका अनुसार रायमाझी लाई बुढानीलकण्ठबाट आइतबार साँझ नियन्त्रणमा लिइएको हो। रायमाझी प्रहरीले खोजेको ११औं दिनमा प्रहरी समक्ष आत्मसमर्पण गर्नुभएको हो ।

यसअघि प्रहरीको विशेष टोलीले मंगलबार ललितपुरको सातदोबाटोस्थित रायमाझीको घरमा छापा मारेको थियो।

सांसद समेत रहेका रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो। वैशाख २० गते पक्राउ पूर्जी जारी भएसँगै सम्पर्कविहीन भएको थियो ।

सो घटनामा रायमाझीका छोरा सन्दीप भने यसअघि नै पक्राउ परिसकेको छ ।

Advertisment