लामा अमृत फाउण्डेशन घान्द्रुकको मृगौला पिडितलाई सहयोग

जेठ २,

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक उरीकी मृगौला पिडित लिना गुरुङलाई लामा अमृत फाउण्डेशन घान्द्रुकले आर्थिक सहयोग हस्तातरण गरेको छ ।
लामा अमृत फाउण्डेशन घान्द्रुकका सस्थापक अमृत गुरुङले आर्थिक सहयोग संकलन गरेर मृगौला पिडित लिनाका बुवा जगनप्रसाद गुरुङलाई आर्थिक सहयोग हस्तातरण गर्नुभएको हो ।
फाउण्डेशनका सस्थापक अमृत गुरुङले विभिन्न व्यक्तिहरुबाट सहयोग संकलन गरेर ६ लाख ४१ हजार २ सय ६० रुपैयाँ जगनप्रसाद गुरुङलाई आज (मंगलबार) काठमाडौं टिचिङ अस्पताल परिसरमा हस्तान्तरण गर्नुभएको छ ।
अन्नपूर्ण –११ घान्द्रुक उरीकी ८ वर्षीय लिना गुरुङलाई चैत १२ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पोखरा पश्मिाञ्चल क्षेत्रीय अस्पतालमा )मा स्वास्थ्य जाँच गर्दा स्वास्थ्यकमीले दुवै मृगौला फेल भएको जानकारी गराएपछि उपचारका लागि काठमाडौं लगिएको परिवारले जनाएको छ ।
लिना गुरुङले अहिले काठमाडौंको टिचिङ अस्पतालमा नियमित डायलासिस गरिरहेको छ । जगनप्रसाद गुरुङको आर्थिक अवस्था कमजोर भएकाले आर्थिक सहयोग संकलन गरेर हस्तातरण गरेको लामा अमृत फाउण्डेशन घान्द्रुकका सस्थापक अमृत गुरुङले जानकारी दिनुभएको छ । ।

 

Advertisment