कास्कीमा पांच जनाको जीवन बचाउने तालिम सिक्दै प्रहरी र स्वास्थ्यकर्मी

जेठ ९, पोखरा ।

गण्डकी आयुर्वेद औषधालय लेखनाथ, कास्कीको आयोजनामा गण्डकी प्रदेश कृषि अनुसन्धान निर्देशनालय लुम्ले कास्कीमा क्षमता अविबृदी तालिम सम्पन्न भएको छ। तालिममा दुई दिने  “तपाईंले पांच जनाको जीवन बचाउन सक्नुहुन्छ” वा यु क्यान सेभ  फाइभ लाइभ्स” तालिम भएको थियो ।

कार्यक्रम्मा सहभागिहरु गण्डकी आयुर्वेद औषधालय तथा मातहतमा रहेका नागरिक आरोग्य सेवा केन्द्र र कास्की जिल्ला स्थानीय तथा अन्तर्गत रहेका आयुर्वेद स्वास्थ्य सस्थामा कार्यरत आयुर्वेद डाक्टरहरु, ल्याब टेक्निसियन स्वास्थ्यकर्मीहरु  र अन्य कर्मचारीहरु रहेको थियो ।

कार्यक्रममा डा।लक्ष्मी पन्थीले पांच आपतकालीन अबस्थामा ५९७ मिनेटमा नै ज्यान जान सक्ने अप्रत्याशित घट्नाहरुमा तत्काल देख्ने ब्यक्तिले ज्यान बचाउन अपानाउनु पर्ने तालिम सैद्धान्तिक एबम ब्यबहारिक ढङ्गले दिनुभएको थियो।
सो तालिमको बिसय बस्तु हरु १।घाटिमा तत्काल केही अडकिएर या सर्किएर निसासिदै गरेको बिरामीलाई तीन मिनेटमा बचाउन गरिने बिधि २) हृदय घात हुंदा तत्काल र अन्तिम अबस्थामा बचाउन गरिनु पर्ने बिधी ३। रक्तस्राव तत्काल रोक्ने बिधि ४) बेहोस हुदा अपनाउनु पर्ने CPR विधि ५) संघात जस्ता अत्यन्तै आपतकालीन अवस्थाहरु जसलाई आँखा अगाडि नै देख्ने ब्यक्तिले तत्काल घट्नास्थलमा नै बचाउन सक्ने प्रयोगात्मक बिधिहरु थिए ।
तालिममा सहभागी डाक्टर र स्वास्थ्यकर्मी एस्तो तालिमले मेडिकल ज्ञान र सिपलाइ थप उजागर गर्न सहयोग मिलेको र नियमित रुप्मा यसलाई Refresher training गरिनुपर्छ भन्ने माग गरे। साथै गण्डकी औषधालयको कार्यलय प्रमुख डा।कुमार कासुलाले डाक्टर लक्ष्मीको एक जनाले पांच जनाको जीवन बचाउने अभियानले सम्पुर्ण स्वस्थकर्मिहरुलाई ज्ञान र सीप बिकास भएकोले थप हजारौं ज्यान बचाउन सकिन्न्छ भन्ने प्रतिबद्धता दिदै यो तालिम ल्याइदिनुभएकोमा डा लक्ष्मी लाई धेरै धन्यवाद दिनुभयो ।
यो जीवन बचाउने तालिम हरेक नागरिक विशेष गरि प्रहरी, सुरक्षाकर्मी, स्वस्थकर्मी, स्कुलमा बिध्यार्थी तथा सिक्षकहरुलाइ पनि दिनुपर्छ। यस्का लागि डा लक्ष्मीको यो अभियानलाई नेपाल सरकार र प्रदेश सरकारले पनि सहयोग गरोस भन्दै अभियान सफलताको कामना मुक्तकन्ठ्ले गरेका थिए ।
डाक्टर लक्ष्मी पन्थीको यो जीवन बचाउने आभियान यसअघि माननीय पुर्ब सामाजिक बिकास मन्त्री नरदेबी पुनको पालामा गन्डकी प्रदेश सर्कारले गन्डकि प्रदेशका ११ वटै जिल्लामा र विभिन्न पालिकाहरुले आफ्नो स्वास्थ कार्य्क्रम अन्तर्गत हालसम्म १२ वटा जिल्लामा पुगेको छ । यस अभियानका कल्पानाकार डा.पन्थी हाल नेपाल एबं बेलायतमा कार्यरत डाक्टर हुनुहुन्छ।
यो जीवन बचाउने तालिम प्रहरी बरिस्ठ उपरिक्षक क्क्ए अरुण पौडेल र म्क्ए९प्रहरि नायब उपरिक्षक कृष्ण बहादुर कार्किको नेतृत्वमा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रमा ६० जना प्रहरीहरुलाइ पनि दिएइको छ र बांकी ३०० जना प्रहरीहरुलाइ दिने योजना रहेको डा लक्ष्मी पन्थीले बताउनु भयो । कार्यक्रमको सन्चालन वरिष्ठ कविराज निरीक्षक अधिकृत (सातौ तह) नवीन किरण भुसालले गर्नुभएको थियो ।
Advertisment