कांग्रेसको क्षेत्रिय भेला, शिर निहुरिने काम गर्ने छैन – मुख्यमन्त्री पाण्डे

जेठ १३,

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशबासी साथै नेपाली कांग्रेसका नेता कार्यकर्ताको शिर झुकाउने गरि कुनै काम नगर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ   ।
नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३ द्वारा आयोजित ‘स्थानीय विकासमा नेपाली कांग्रेस र जनप्रतिनिधिको भूमिका विषयक अभिमुखीकरण’ कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य समेत रहनु भएका मुख्यमन्त्री पाण्डेले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।
मुख्यमन्त्रीकोरुपमा असल नियतका साथ काम गर्ने भएकोले आफूमाथि कुनै शंका नगर्न आग्रह गर्नुहुंदै भन्नुभयो, ‘मेरो कारणले तपाईको शिर निहुरिन दिने छैन, ढुक्क हुनुस् ।’
मुख्यमन्त्री पाण्डेले अहिले केही नयां दल आएका छन, उनीहरुको  हविगत पनि हिजोको विवेकशील साझा पार्टी जस्तो हुने कार्यकर्ता माझ प्रष्टयाउनुहुंदै कांग्रेस केन्द्रिय सदस्य पाण्डेले भन्नुभयो  ‘विवेकशील जन्मिँदा जस्तो माहोल थियो, त्यस्तै माहोल अहिले चर्चामा आएका पार्टीको पनि देखिएको छ । अनि हिजोको विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्र जहाँ गएर विसर्जन भए, अहिले चर्चामा आएका ति पार्टीको हविगत पनि त्यस्तै हुनेछ’, वहांले भन्नुभयो ।
कांग्रेस केन्द्रिय सदस्य पाण्डेले ‘नेपाली कांग्रेसको इतिहास गर्बिलो रहेको चर्चा गर्नुहुंदै जसको ईतिहास छ उसैले  गर्व गर्नुपर्छ । तर ग्रोसरी पसल खोल्नेहरु, अमेरिकामा डलर कमाएर बस्नेहरु र वर्ल्ड बैंकमा काम गर्नेहरुले भनेको कुराकोमात्र पछि नलागौं ।’
प्रदेशको आगामी बजेटका सन्दर्भमा मुख्यमन्त्री पाण्डेले जनतालाई उत्पादनसँग जोड्न नसके भौतिक पूर्वाधारको विकासले मात्र देशको समृद्धि र जनताको चाहना पूरा नहुने बताउनुभयो । जनतामा विद्यमान असन्तुष्टिलाई सम्बोधन गर्न नसक्दा सरकार र पार्टीप्रति असन्तुष्टि बढ्ने, युवाहरु विदेश पलायन हुनेक्रम बढ्ने लगायतका समस्या देखिएको हुनाले यस तर्फ प्रदेश सरकार गम्भीर रहेको स्पष्ट पार्नुभएको थियो ।
वहांले कृषि क्षेत्रसँग सम्बन्धित रहेर पाइलट प्रोजेक्टको तयारीमा सरकार रहेको स्पष्ट प्रानुहु्दै कृषिमा विगतका दिनमा पनि बजेट खर्चिँदै आएको भए पनि प्रभावकारी हुन नसकेको भन्दै आगामी बजेटले कृषिमा राम्रो फड्को मार्ने गरि योजना बनाउने तयारीमा सरकार रहेको बताउनुभयो ।
सरकारी कार्यालयमा टाईम कार्ड लागु गर्ने, लोकल रक्सीको ब्राण्डिंग गर्ने, नियम कानून बनाएर गाँजाको व्यवसायिक खेती प्राथमिकतामा राखिने मुख्यमन्त्री पाण्डेले स्पष्ट गर्नुभएको थियो ।


नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले कांग्रेसले राम्रो गरिदिए हुन्थ्यो भन्ने अपेक्षा मात्र जनताले राखेको भन्दै प्रदेश र स्थानीय मात्र नभएर केन्द्रको सरकारसमेत कांग्रेसको पक्षमा रहेको बेला कांग्रेस नेता कार्यकर्ता चिन्तित हुनुपर्ने अवस्था नरहेको बताउनुभयो ।
चोर्ने, फोड्ने, लुटपाट गर्नेहरुसमेत संसदमा पुगेको र कांग्रेसभित्र समेत त्यस्ता पात्र रहेको भन्दै शर्माले पार्टीभित्रका कमिकमजोरी कांग्रेसले नै सुधार गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
नेपाली कांग्रेसका महासमिति सदस्य खेमराज पौडेलले जनप्रतिनिधि र पार्टीबीच समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले कांग्रेस कार्यकर्ताहरु उत्पादनसँग जोडिन आवश्यक रहेको बताउनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले चुनाब जितेपछि पार्टी र जनप्रतिनिधीबिच समन्वय हुन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य शारदा पौडेल, कांग्रेसका महाधिवेशन प्रतिनिधि पोषनाथ शर्मा, क्षेत्रीय सभापति मनोज गुरुङ, माछापुच्छ्रे गाउ्रँपालिकाका सभापति वीरेन्द्र गुरुड, पोखरा महानगरपालिकाका संसदीय दलका नेता दिवशमान प्रधानाङ्ग, महानगरका प्रवक्ता मोतीराज तिमिल्सिना, क्षेत्रीय उपसभापति पुष्पेन्द्र पाण्डे, सचिव लक्ष्मी प्रसाद पौडेल र मेखबहादुर तामाङ, पोखरा-६ का सभापति सन्तोष पौडेल लगायतले बोल्नुभएको थियो ।

Advertisment