जिल्लास्तरिय एथलेटिक्स प्रतियोगिता असार २ गते हुने

जेठ २६, पोखरा । कास्की जिल्लास्तरिय एथलेटिक्स प्रतियोगिता असार २ गते हुने भएको छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । जिल्ला खेलकुदका कार्यालय प्रमुख डम्वर बहादुर (डिबी) नेपालीका अनुसार प्रतियोगितामा १०० मिटर, २०० मि. ८०० मि. र १५०० मिटर छात्र र छात्रा दौड प्रतियोगिता संगै खुल्ला ३ किमि छात्रा र छात्र दौड समावेश गरिएको छ ।

प्रतियोगिता अन्तर्गत हुने १०० मिटर, २०० मि।, ८०० मि। र १५०० मिटर छात्ररछात्रा दौडमा विजेता खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिने भएको छ भने ३ किमि छात्र र छात्रा दौडमा क्रमश प्रथम, द्वितिय र तृतिय हुने खेलाडी क्रमश जनही नगद रु ५ हजार, ३ हजार र २ हजार नगदका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाएको छ ।

प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहने भएकोले सोको लागि सम्पूर्ण विद्यालयहरुमा पत्रचार गरिएको कार्यालय प्रमुख नेपालीले जानकारी दिनुभएको छ ।

प्रतियोगिताले यूवा खेलाडी उत्पादन तथा पहिचानका लागि सहयोगी रहने वहांले बताउनुभयो ।

Advertisment