सल्यानी समिति कास्कीको १७ औँ खुल्ला रक्तदान सम्पन्न

पोखरा । सल्यानी समिति कास्कीको १७ औँ खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अन्नपुर्ण गाउँपालिका प्रमुख बिष्णु के सी को प्रमुख आतिथ्यता र रेडक्रस कास्कीका सभापती एवं संस्थाका संस्थापक अध्यक्ष दण्डराज शर्मा बिशेष आतिथ्यतामा सम्पन्न रक्तदान कार्यक्रममा वडाध्यक्ष

जीवनाथ पौडेल(शंकर), र आईन्दल गुरुङ,पुर्ब गाबिस अध्यक्ष पोषनाथ शर्मा र सामाजिक राजनितिक ब्यक्ति ज्ञानबहादुर के सी,सुरेश के सी,शान्ती शर्मा,प्रेमप्रसाद पौडेल,धनञ्जय पौडेल,भोलानाथ पौडेल,गोबिन्द के सी लगायतका अतिथीहरुले सल्यानी समिति र यसले गरेका उल्लेख्य सामाजिक कार्यहरुको प्रसंशा गरिएको थियो ।

रक्तदान कार्यक्रममा ६५ युनिट रक्त संकलन भएको आयोजकले जनाएको छ ।
सल्यानी समिति कास्कीका अध्यक्ष शुक्रराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन संस्थाका सचिव गोबिन्द पौडेलले र स्वागत उपाध्यक्ष बिष्णु थापा के सी ले गर्नुभएको थियो ।

प्रमुख अतिथी एवं अन्नपुर्ण गाउँपालिका प्रमुख बिष्णुबहादुर के सी ले बिकास निर्माणका क्रममा आफ्नो पालिकामा कोही पक्ष र प्रतिपक्ष नरहेको र सबैलाई मिलाएर अगाडि बढिरहेको अवस्थामा सल्यानी समिति कास्कीले पनि बिभिन्न कार्यमा महत्वपुर्ण भुमिका खेलेको बताउनुभएको थियो।
सल्यानबाट पोखरा झरेर पनि सल्यानकै झल्को दिनेगरी महत्वपुर्ण उपस्थितीका साथ सामाजीक क्षेत्रमा अगाडी बढिरहेको सल्यानी समितिलाई सल्यानमा उत्पादनमुलक कार्यमा पनि बिशेष चासोका साथ लागिदिन आग्रह गर्दै बाँकी ४ बर्षको समय अन्नपुर्ण गाउँपालिका नै सल्यानी समितिको साथमा रहने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो।

रक्तदानमा सहयोगी संघसंस्थाहरु,स्थान उपलब्ध सहित हर क्षेत्रमा सहयोग गर्नुहुने तेजबहादुर के सी (श्याम),संस्थाका सल्लाहकार ज्युहरु,कार्यसमितीका साथीहरु,आजीवन सदस्यज्युहरु, रक्तसंचार केन्द्रका प्राबिधीक साथीहरु, अन्नपुर्ण गाउँपालिका, अन्नपुर्ण-४ र ५ नं वडा परिवार, भुमेश्वर सहकारी संस्था लि,माता अन्नपुर्ण कृषि सहकारी संस्था लि,झोवाङ पोखरा सम्पर्क समाज लगायत प्रति सल्यानी समिती पोखराका अध्यक्ष शुक्रराज पौडेलले आभार प्रकट गरिएको थियो ।

Advertisment