नेपाली सेनाले निर्माण गरेको सबैभन्दा ठुलो हेलिप्याड हस्तान्तरण

स्याङ्जा, असार २९ गते । नेपाली सेनाले अर्जुन चौपारी गाउँपालिका १ बजारमा निर्माण गरिएको हेलिप्याड हस्तान्तरण गरेको छ । पोखरा एयरपोर्ट पछि गण्डकीकै सबैभन्दा ठुलो हेलिप्याड नेपाल आर्मी समरजीत गुल्मको प्राविधिक तथा श्रमदानमा र अर्जुन चौपारी गाउँपालिकाको आर्थिक व्यवथापनमा निर्माण भएको समाचार प्राप्त भएको छ ।

गुल्मका गुल्मपति सेनानी हरिप्रसाद भट्टराईले हेलिप्याड गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीलाई हस्तान्तरण गर्नुभएको छ । जोखिमका बेला उद्धारमा टेवा पुर्याउनका लागि नेपाली सेनासंग सहकार्य गरेर हेलिप्याड निर्माण गरिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो । पहुँचबाट बाहिर रहेकालाई विपदमा उद्धार गर्ने र नेपाली सेनाको नागरिकसँग थप सुमधुर सम्बन्ध बनाउन हेलिप्याड निर्माणमा पालिकासँग सहकार्य गरिएको जिल्ला सुरक्षा समितिका प्रमुख सिडियो शशिधर घिमिरेले बताउनुभयो ।
पालिकाको तप्तरताले जिल्लामा पहिलो हेलिप्याड बनेको बताउँदै घिमिरेले अन्य ठाउँमा आवश्यकता भए नेपाली सेनालेले सहयोग गर्ने बताउनुभयो । नेपाली से सेनाका सेनानी क्याप्टेन धनबहादुर तामाङको नेतृत्वमा दैनिक २० जनाको श्रमदानमा २० दिनमा हेलिप्याड निर्माण सकिएको पालिकाले जानकारी दिएको छ ।

सात लाख ३३ हजार ४५९ रुपियाँको लागतमा निर्माण भएको हेलिप्याड नेपाली सेनाको ज्याला सहयोग एक लाख २७ हजार ७५० रुपियाँ बराबरको श्रमदान र र १८ हजार बराबर रङ्गरोगनमा सेनाको सहयोग रहेको छ । पालिकाले समाग्री९ढुङ्गा, बालुवा, सिमेन्ट० तीन लाख ३४ हजार ८५ रुपियाँ, मिक्चर ३६ हजार, ब्याकु लोडर तथा टयाक्टर एक लाख, रङ्गरोन ७१ हजार १७१ र ३६ हजार ६५५ हजार रुपियाँ खाजामा खर्च भएको समेत पालिकाले प्रक्ष्ट पारेको छ ।

हेलीप्याड निर्माणमा पालिकाको ब्याकु लोडर तथा टयाक्टर, खोलाको ढुङ्गा, बालुवा जोड्दा खर्च धेरै देखिए पनि यथार्थमा थोरै खर्च रहेको छ । ६०÷६० फिट लम्बाइ र चौडाइको तथा डेढ फुट ढलान हेलिप्याड कास्की बाहेकको बाहिरी जिल्लामा रहेकामध्ये सबैभन्दा ठुलो बताइन्छ ।

हेलिप्याडमा चाँडै नै नेपाली सेनाको हेलिकोप्टर अवतरण गरेर परीक्षण सुरु गर्ने गुल्मले जानकारी दिएको छ।

Advertisment