सामाजिक सञ्जालमा नानाथरी लेख्ने पकै्राउ

साउन १, काठमाडौं । सामाजिक सञ्जालका विभिन्न प्लेटफर्मबाट विशिष्ट व्यक्तित्वप्रति घृणा र द्वेष फैलाउने एक जना पक्राउ परेका छन् । रुपन्देही देवदह नगरपालिका – ८ का ४९ वर्षीय शेरबहादुर रानालाई प्रहरीले आज पक्राउ गरेको हो ।

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका उपनिर्देशक तथा प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक पशुपतिकुमार रायले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै विशिष्ट व्यक्तित्वहरूप्रति सामग्री सम्प्रेषण गर्ने कार्य गैर कानुनी भएको बताउनुभएको छ ।

प्रहरीले प्राप्त निवेदनमाथि प्राविधिक अनुसन्धानको क्रममा ‘टाइगर राना मगर’ फेसबुक प्रोफाइलको टाइमलाइनमा विभिन्न तस्बिरसहित प्रचलित कानुनले प्रतिबन्ध लगाएका भ्रामक, आपत्तिजनक शब्द प्रकाशन भएको जनाएको छ । रानालाई इलाका प्रहरी कार्यालय बुटवलबाट पक्राउ गरी पाँच दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Advertisment