तमु साँस्कृतिक प्रतिष्ठानको साधारणसभा, थप अक्षयकोष स्थापना

१६ भदौ, पोखरा ।

तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २१ औं वार्षिक साधारणसभा पोखरा, नयाँ बजार स्थित तमु धींको रोधीं हलमा शनिबार सम्पन्न भएको छ ।

प्रमुख अतिथी गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालयका कम्प्युटर अधिकृत (आठौं तह), तथा संस्थाका सल्लाहकार तेज च्हाक्ली तमुले संस्थाको काम प्रशासनिक रूपमा सुस्त, चुस्त, दुरुस्त तरिकाले सार्वजनिक हुनुपर्नेमा प्रतिष्ठानले यो मान्यता र कार्यलाई इमानदारी पूर्वक निर्वाह गरेको कुरा व्यक्त गरेका थिए । समुदायलाई हरेक क्षेत्रमा पहुँच पुर्याउन र विकास गर्न शिक्षा, सन्चार र साहित्य (३ स) मा अग्रसर हुनुपर्ने कुरा जोड दिएका थिए । कार्यक्रममा गुरुङ साहित्यिक मन्च नेपालका अध्यक्ष गौरी तमु, आफ्ना भनाई राखेका यस कार्यक्रममा तमु प्रतिष्ठानका विद्यार्थी समितिका अध्यक्ष सुदिप तमु, तमु धीं नेपाल महिला समितिका अध्यक्ष पवित्रा तमु, प्रतिष्ठानका प्रथम उपाध्यक्ष श्रीजङ तमुले लगायतले शुभकाममा मन्तव्य दिएका थिए ।

कार्यक्रममा आजिवन सदस्य मनकुमारी तमुले उहाँको बुवा स्व. केशबहादुर तमु र आमा स्व. विरमाया तमुको स्मृतिमा एक विद्यार्थी छात्रवृत्ति बराबरको रकम रु १,२५,०००/- अक्षयकोष स्थापना गरिएको थियो । त्यसैगरि तमु समाज वेल्जियमका निवर्तमान अध्यक्ष ओमराज तमु र उनका धर्मपत्नी टिकादेवी तमुले पनि स्व. बुवा यमबहादुर तमु र स्व. आमा मनकाउरी तमुको स्मृतिमा अक्षयकोष रकम रु. १,२५,०००/- प्रतिष्ठानलाई प्रदान गरिएको छ ।

कार्यक्रममा प्रतिष्ठानका सचिव कन्चन तमुले प्रस्तुत गरिएको संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष श्यामबहादुर तमुले प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनलाई सभाले अनुमोदन गरेको छ । साथै नव नियुक्त विद्यार्थी समितिका अध्यक्ष सुदिप तमुलाई मुल समितिको पदेन सदस्यमा मनोनित गर्ने प्रस्तावलाई पनि सभाले अनुमोदन थियो ।

प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न साधारणसभाको सह-सचीव भेषराज तमुले सन्चालन गरेका थिए ।

Advertisment