http://www.unitedkhabar.com/2023/09/10731 शिक्षासेवी देवीरमणको सम्झनामा स्मृतिग्रन्थको लोकार्पण

पोखरा ।

शिक्षासेवी स्व. देवीरमण शर्माको स्मरणमा प्रकाशित देविरमण शर्मा शास्त्री स्मृतिग्रन्थको बिहिबार एक समारोह बिच लोकापर्ण गरिएको छ ।
देवीरमण कृष्णकुमारी स्मृति प्रतिष्ठान कास्कीले बिहिबार आयोजना गरिएको कार्यक्रममा स्व.देवीरमणको १०८ औ जन्म जयन्तीको अवसरमा सो स्मृतिग्रन्थ लोकपर्ण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि संस्कृतिविद् प्रा.डा. जगमान गुरुङले स्मृति ग्रन्थको विमोचन गरेका थिए । कार्यक्रममा बोल्दै संस्कृतविद् प्रा.डा. गुरुङले शैक्षिक क्षेत्रमा एउटा उदाहरणिय पात्रको रुपमा देवीरमण गुरुलाई चिनेको बताए ।
‘म १४ वर्षको हुदा गाउबाट पोखरा पढ्न आएको थिए त्यति वेला दुब्लो पातलो पाइजामा र कपडाको जुत्ता लगाएको अवस्थामा देविरवण गुरु सँग भेट भएको थियो’ आफुलाई पढाएको त्यो बेलाको स्मरण गर्दै उनले भने, ‘ ज्यादै परिश्रमी र कडा मिजासको हुनुहुन्थ्यो । विद्यार्थीलाई प्रेरणा दिनुहुन्थ्यो त्यो वेला गुरुले पढाएका विद्यार्थी अब्बल सावित भएका छन् ।’ प्रा.डा. गुरुङले प्रष्याएका थिए ।
शिक्षाविद् जोर्ज जोनले नेपाली र अंग्रेजी दुवैमा दख्खल भएकै कारण पृथ्वीनारयण क्याम्पसमा तीन वर्ष प्रध्यापन गरेको सुनाए ।
समिक्षक सहप्रध्यापक डा. यमनाथ तिमिल्सिनाले असल, सफल, सालिन, भद्र र शिक्षकहरुको पनि अभिभावकको रुपमा देवीरमण शर्मा रहेको उल्लेख गरेका थिए ।
साहित्यकार तारा पाखेले पोखरामा शिक्षाको विकासमा स्व.देवीरमणको महत्वपूर्ण योगदान रहेको बताए ।
सुबेदी कल्याण प्रतिष्ठान नेपालका कुलाधिपति देविप्रसाद सुवेदीले शिक्षाको उज्यालो छर्ने काम गरेको उल्लेख गरेका थिए ।  राजनितिज्ञ विश्व सिग्देलले गुरुकै विश्वास, साहास र आत्मावलले नै आफु यो स्थानमा उभिन सफल भएको प्रष्टयाए ।
पूर्व खेलाडी खड्ग बहादुर रानाभाटले राष्ट्रियता, शिक्षा, लगनशिलता र स्वाभलम्वीको पाठ गुरु बाट सिक्ने अवसर मिलेको बताए ।
देवीरमण कुष्णकुमारी स्मृति प्रतिष्ठान कास्कीका सचिव पशुपति सुवेदीले शैक्षिक क्षेत्रको विकास गर्ने उद्देश्यले उहाँहरुको नाममा प्रतिष्ठान स्थापना गरेको हो भने ।
स्मृतिग्रन्थमा देवीरमणको सङ्क्षिप्त जीवनी, शिक्षामा योगदान मानसपटलका स्मृतिहरु, प्रशिक्षण दक्षताको कदर, देवीरमण र कृष्णकुमारीलाई लेखिएका प्रतिनिधि केहि पत्रहरु, देवीरमणका हस्तलिखित पानाहरु, स्मरणमा तस्बीरहरु, देवीरमणद्धारा सङ्गृहित केही पुस्तकहरुका वारेमा समावेश गरिएको छ ।
वि.स. २०७३ असार १ गते जन्मीएका देवीरमणको २०३१ फागुन १ गने निधन भएको थियो । उनैका कान्छा छोरा डा. अनिल सुवेदीलाई वुवाको सम्झनामा यो स्मृतिग्रन्थ प्रकाशन गरेका थिए । त्यसअवसरमा देवीरमणको सम्झनामा बनाइएको वृत्तचीत्र पनि प्रदर्शन गरिएको थियो ।
देविरमण कृष्णकुमार स्मृति प्रतिष्ठान कास्कीका अध्यक्ष डा. अनिल सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अखिल सुवेदीले स्वागत र मनिष सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए ।

Advertisment