कांग्रेस सभापति देउवाद्दारा ८ केन्द्रिय सदस्य मनोनित

असोज ४, पोखरा । कांग्रेस सभापति शेर बहादुर देउवाले ८ केन्द्रिय सदस्य मनोनित गरेका छन । मुख्यसचिव कृष्ण प्रसाद पौडेल द्दारा जारी बिज्ञप्ति अनुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम नियुक्ती गरिएको जनाएको छ ।

जसअनुसार मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), डा. चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाई (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) लाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनीत गरिएको छ ।

Advertisment