पुम्दिकोट जांदै गरेको बस दुर्घटना, ३५ जना घाईते नामावली सहित..

पोखरा,कार्तिक १२ । पोखराको छोरेपाटनबाट शान्तिस्तुपा हुंदै पुम्दिकोटतिर जादै गरेको माईक्रोबस दुर्घटनामा परेको छ ।

ग १ ख ८५८५ नम्बरको माइक्रो बस छोरेपाटन माथिको
भिरबाट तल खस्दा ३५ जना घाईते भएको कास्की प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको स्थानिय र प्रहरीले उद्दार गरि अस्पताल पठाईएको छ ।

गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानले घाईते ३५ जनाको नामावली सार्वजनिक गरेको छ ति मध्ये दुईको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ ।

Advertisment