चिनियां सेनाको जहाज अहिले पोखरा ओर्लंदै !

कार्तिक २२, पोखरा ।

जाजरकोट र रुकुमका भूकम्पपीडित नेपाली जनताको निम्ति १ लाख ७९ हजार किलो राहत सामग्री बोकेर चिनियाँ जनमुक्ति सेनाको यौटा Y-20 जहाज (PLA AF 15) अहिले बिहान पोखरा आउने भएको छ ।

छङ्ग्तुबाट आउने ती जहाजका सामग्री पोखरामा झारेपछि नेपाली सेनाको स्काइ ट्रकले यहांबाट रुकुम पश्चिम र नेपालगन्ज पुर्याउने छ । विमानस्थलमा ती सामग्री हस्तान्तरण र बुझ्न अहिले बिहान गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत छेन सोङ्ग पोखरा आउने कार्यतालिका बनेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ । । photo-agency

Advertisment