राष्ट्र बैंकले धन्तरेस दिन सुन, चांदीका सिक्का वितरण गर्दै

कार्तिक २४ , कठमाडौं । आज तिहार प्रारम्भ भएको धन्तेरसका दिन घर घरमा नयां सामान जोड्ने प्रचलन रहि आएको छ । यसै बिच संधैको बर्ष झै नेपाल राष्ट्र बैंकले आजका लागी १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंक टक्सार महाशाखा सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात पुराना मेसिनहरू मर्मत सम्भार गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गर्दै सिक्का टकमरी गरी बिक्री गरेको राष्ट्र बैंकले जनाएको छ । महाशाखाले राष्ट्रिय जनावर गाईको चित्र अंकित ‘मेडालियन सिक्का’को बिक्री गरेको छ ।

राष्ट्र बैंक सञ्चालक समितिको २०८० जेठ १९ गते बसेको बैठकले उक्त १० ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिएको थियो राष्ट्र बैंकसँग मौज्दात रहेको चाँदीलाई गलाएर मेडालियन सिक्का टकमरी गरिएको टक्सार महाशाखाले जनाएको छ । टकमरी गरिएको दुवै सिक्कामा ९९९ टचको चाँदीको प्रयोग गरिएको छ । दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ ।
सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ ।

Advertisment