समाजिक सदभाव कायम गरि तिहार मनाऔं : वडा अध्यक्ष मोतिलाल तिम्सिना

कार्तिक २४,हेमजा । पोखरा महानगरपालिका २५ न. वडा कार्यालय हेमजाले शनिवार चाडपर्व लक्षित सुरक्षा सदभाव विषेश छलफल एंव अन्तरक्रिय कार्यक्रम सम्पन्न गरेको छ ।

तिहारमा जुवातास, मदिरा सेवन ,पटाका, ज्वलनशील पदार्थ, विस्पोटक पदार्थ लगायतको प्रयोगले शान्ति सदभाव खल्बलीन सक्ने संभावनालाई मध्यनजर गर्दै रोकथाम तथा न्युनिकरण गर्ने उदेश्यले वडा भित्र रहेका महिला संजाल, आमासमुह ,टोल विकास संस्था, युवा कलब, नेपाल प्रहरी ,समुदयिक प्रहरी, नगर प्रहरी, एंव सरोकारवाला नगरिकहरुसंग छलफल भएको हो ।

कार्यक्रम अध्यक्ष लिमिल्सिनाले नियमित घर आँगन, टोल सरसफाई गर्न आग्रह गर्दै उपस्थित सरोकारवालाहरुमा समाजिक सदभाव कायम हुनेगरी तिहार मनाउँ र वातावरण बनाउन अनुरोध गर्नुभयो । सो अवसरमा तिहार लक्षित सुरक्षाको संवेदनशीलता लाई मध्यनजर गर्दै हेमजाका विभिन्न मुख्य मुख्य चोकहरुमा ९० वटा सडक बत्ती जडान गरि सकिएको बताउनु भयो । सि.सि क्यामेराको लागि प्रक्रिया सुरु भैसकेकोे र निकट भबिषयमा पुर्णता पाउने विश्वश व्यक्त गर्नुभयो । देउसीभैलो साझ ९ बजे सम्म मात्र खेल्न पाईने समेत बताउनुभयो ।

वडा प्रहरी कार्यालयका प्रमुख बोधराज रेग्मीले चोरी, दुर्घटना न्युनिकरण उपायहरुमा जोड दिनुभयो । साथै रातीको समयमा झ्यालढोका बन्द गरेर तथा घर बाहिर बत्तीबालेर सुत्न र सम्भव भय घरमा सि.सि क्यामेर जडान गर्नु आग्रह गर्नुभयो । पछिल्लो समय टुर्घटना को तथ्यांंकलाई हेर्दा मदिरा सेवन गरि सवारी चलाउने नै वढी दुर्घटना पिडित भएको उल्लेख गर्नुभयो ।

कार्यक्रमा वडा महिला संजाल अध्यक्ष अप्सरा तिम्सिना , टोल विकास समितिका अध्यक्ष तम बहादुर रोका, मनहरी भण्डारी, शोमनाथ पौडेले लगायतले फोहोरको गाडी महानगरले तोकेको समय तालिकामा नआएको, करको दररेट , फोहर कार्ड, सडक लेनको नियम, लगायतका विषयमा आ–आफ्ना जिग्ज्ञासा राखेका थिए । नेपाल पब्लिक हेल्थका एण्ड इन्भरका ननिब खडक, महानगर फोहरमैला व्यवस्थापनका प्रतिनिधि विनोद कार्की महानगर प्रहरी सन्त वहादुर के.सीले छलफलमा उठेका समस्याको सामाधानका लागि अवस्यक सहजिकरण गर्ने प्रतिबद्धता बेयक्त गरिएको थियो ।

वडा सदस्य तारा बिस्वकर्माले स्वागत र कार्यक्रम संचालन रुद्र माहादेव टोल विकास संस्थाका अध्यक्ष कृष्ण बहादुर कुंवरले गर्नुभएको थियो ।

Advertisment