अन्नपुर्ण -३ लक्ष्मी बिधालयमा बिद्यार्थी पुनर्मिलन कार्यक्रम

कार्तिक २८, पोखरा ।
शुभदिपावलीको अवसर पारेर अन्नपूर्ण गाउपालीका वडा न ३ पाउदुर मैदानमा अवस्थित लक्ष्मी आधारभूत बिधालयले बिध्यार्थी पुनर्मिलन ३ न वडा स्तरीय आधारभुत तहका बिधालय स्तरीय नृत्य प्रतियोगिता सप्पन्न गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका उपसचिव घनश्याम पौडेल, बिशिस्ट अतिथी भु पु जि बि स सभापति पुन्यप्रसाद पौडेल, अन्नपूर्ण गा.पा. ३ का पुर्व अध्यक्ष युबराज कुवर, वडा न ३ का जनप्रतिनिधिहरु, बिधालय ब्यबस्थापन समितिका अध्यक्षहरु, शिक्षक अभिभावक संघका अध्यक्षहरु, आमा समुहका अध्यक्ष लगायत, शिक्षाप्रेमी, समाजसेवी बुद्धिजीवी, छिमेकी बिधालयका प्र अ र ब्यबस्थापन समिति अध्यक्ष साथै पुर्व बिद्यार्थीहरु को सहभागिता रहेको थियोे ।

बिधालय ब्यबस्थापन समितिका अध्यक्ष डिलबहादुर के सी को अध्यक्षतामा भएको उक्त कार्यक्रममा बिधालयको तर्फबाट शिक्षाक प्रमिला बराल पौडेलले स्वागत मन्तब्य र प्र अ टंक प्रसाद भण्डारीले प्रतिबेदन प्रस्तुत साथै शिक्षक तारानाथ पौडेलले कार्यक्रम सन्चालन गर्नुभएको थियो।

नृत्य प्रतियोगितामा लक्ष्मी आ बि कि छात्रा करिना पौडेल प्रथम , पाउदुर आ बि कि पुजा बिक, बाल ज्योति आ बि कि सबिना अधिकारी र बालमन्दिर मा बि का छात्र कुश पौडेल क्रमश दितिय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नुभएको छ ।

कार्यक्रम का प्रमुख अतिथी शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका उप-सचिव धनस्याम पौडेलले अहिलेको समय डिजिटल युग भएकोले बिद्यार्थीलाई प्रबिधी मैत्री बाताबरणमा अध्ध्यन गराउनुपर्ने, शिक्षाकहरु पनि यसमा अभ्यस्त हुनुपर्ने साथै प्रतिबेदन र प्रस्तावहरु बिना सहयोग र कार्यक्रम माग गर्न नसकिने भन्दै समय अनुसार आफुलाइ पनि स्तरोन्नति गर्दै लैजानु पर्ने कुरामा जोड दिनुभयो । यसअवसरमा अन्नपूर्ण गाउँपालिका पुर्व अध्यक्ष युवराज कुवर,शिक्षा प्रेमि भेषराज पौडेल ,कुलबहादुर गुरुङ (कुलु),वडा अध्यक्ष फणीन्द्र प्रसाद पौडेलले आजका मितिसम्म विधालय अब्बल रहेको र अझ उचाईमा पुर्‍याउन सबैलाई शुभकामना दिनुभयो ।यस अवसरमा पुर्व बिद्यार्थीहरुको तर्फबाट उज्ज्वल पौडेल, छबिराज पौडेल, सन्देश पौडेल, लोकनाथ पौडेल, डा.लक्ष्मी पौडेल, अन्नपूर्ण गा.पा. ३ का वडा सदस्य समेत रहेका कृष्णप्रसाद पौडेल ले आफुले परालको थर्कटीमा, काठको मुढामा बसेर पढेको सम्झदै यश बिधालय र शिक्षक हरुले आफुलाइ दिएको प्राथमिक शिक्षाको जग बलियो भएकोले नै विभिन्न क्षेत्रमा सफल हुन सकेको बताए र विद्यालयको गरिमा बढाउन सक्ने सहयोग हर तरहबाट गर्ने र बिधालयको उतरोत्तर प्रगतिको लागि शुभकामना दिनुभएको थियो।
यसै अवसरमा पुर्ब बिद्यार्थीहरु, बि.ब्य.स. अध्यक्षहरु, पुर्व शिक्षाकहरुको अनुभव समेटिएको बिधालयको इतिहास र बर्तमान झल्काउने,भिडियो डकुमेन्ट्री समेत देखाइएको थियोे साथै अक्ष्यकोष दाताहरुलाई सम्मान र प्रमाणपत्र प्रदान गरिएको छ।
यसै कार्यक्रममार्फत छबिराज पौडेलको अध्यक्षतामा १३ सदस्यीय पुर्व बिद्यार्थी मंचको गठन भएको छ जसमा
उपाध्यक्ष लक्ष्मी पौडेल , सचिब सन्देश पौडेल , सहसचिव लोकनाथ पौडेल , कोषाध्यक्ष परशुराम पौडेल”दिपक” र सद्स्य हरुमा शिबकुमार पौडेल, सन्जिता पौडेल, उज्ज्वल पौडेल, ऋषिराम पौडेल, जतिन परियार, प्रेम प्रसाद अधिकारी, नारायण प्रसाद पौडेल “नयन” र दिपक भुजेल रहनु भएको छ।
बिद्यार्थी पुनर्मिलन कार्यक्रमका सयोजक रहनुभएका शिबकृष्ण पौडेलले नयाँ गठित समितिलाई बधाई दिदै अब अझै बढी हातेमालो र सहकार्य गर्नुपर्ने, समयसगै बदलिएको शैक्षिक आबश्यकता मा काम गर्न सकोस् भनी शुभकामना दिनुभएको छ साथै यश कार्यक्रममा अभिन्न अङ्ग भएर लाग्नुहुने सबै धन्यवादको पात्र भएको, सबैको साथ भएकै कारण कार्यक्रम अत्यन्त सफल भएको बताउनु भयो ।

Advertisment