माछापुच्छ्रेमा इन्जिनियर तया आर्किटेक्ट फोरम गठन, संयोजकमा अधिकारी

कार्तिक २८,हेमजा । कास्की माछापुच्छ्रे गाउंपालिका स्तरिय इन्जिनियर तया आर्किटेक्ट ग्रुपको मंगलवार भएको दोस्रो भेलाले ई.शुसिल अधिकारीको संयोजकत्तोमा पाँच सदस्य तदर्य समिति गठन गरेको छ ।

सदस्यहरुमा धिरन वि.क,जितेन्द« दाहाल, प्रशंसा पौडेल,साथै जिवेश अधिकारी रहनुभएको छ ।
संयोजक अधिकारीका अनुसार माछापुच्छे« गाउँपालिकाका विभिन्न वडामा कार्यरत साथै सम्बन्धित विषयमा अध्यनरत स्थानीय इन्जिनियर तथा आर्किटेक्ट विचको समुह गठन गरिएको छ । यसलाई निकट भविषयमा विधान बनाई नेपालको कानुन अनुरुप पुर्णता दिने योजना रहेको जानकारी दिनुहुंदै संयोजक अधिकारीले इन्जिनियरिङ क्षेत्रको विकास मोडल र दृष्टिकोण निर्माण,आयोजनाहरुमा इन्जिनियरहरुको भुभिका,योगदान साथै समग्र माछापुच्छ्रे गाउँपालिका भित्रका विभिन्न आयोजनाहरुमा केन्द्रित रहेने समेत उल्लेख गर्नुभएको थियो ।
उपस्थित भेलाले तदर्थ समिति गठन गर्नुको साथै परिचयात्मक एवं दिपावलीको समेत शुभकामना अदानप्रदान गरिएतो थियो ।

Advertisment