माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा कोईराला

पौष ६, पोखरा ।
माछापुच्छ्रे बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला थप अर्को कार्यकालका लागि नियुक्त हुनुभएको छ ।

पुस ५ गते बसेको बैंकको सञ्चालक समिति बैठकले कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निणर्य लिएको हो ।

साढे २ दशकभन्दा लामो अनुभवी कोइराला आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन् ।पहिलो कार्याकालमा माछापुच्छ्रे बैंकले वित्तीय सूचकहरुमा उल्लेख्य सुधार गर्दै डिजिटल प्रविधिमा पनि उस्तै फड्को छ । यो बैंकको संस्थागत सुशासन पनि उदाहरणीय  बन्दै गएको बैंकले उल्लेख गरेको छ ।

Advertisment