बालीका सहित युवतीलाई यौनशोषण गरेको आरोपमा तिन युवा पक्राउ

पौष २१, पोखरा,

पोखरा ८ जाल्पारोडमा रहेको काभ्रेली खाजा घरमा कार्यरत बालीका र युवतीलाई विभिन्न प्रलोभनमा पारि यौन शोषण गरेको आरोपमा कास्की प्रहरीले तिन युवालाई पक्राउ गरेको छ । खाजाघरका संचालकले बालीका र महिलाहरुलाई होटलमा राम्रो काम लगाईदिन्छु भनि ल्याई सुरुमा होटलको सरसफाईको काम लगाई दिएको र केही समयपछी राम्रो कमाई हुन्छ भनि विभिन्न लोभलालच, प्रलोभनमा पारी परपुरुषहरु सँग भेट गराई पोखराका विभिन्न होटलहरुमा लगि यौनशोषण गराउँदै आईरहेको सुचनाका आधारमा युवाहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा ९ पृथ्वीचोक बस्ने वर्ष २९ का प्रविन गुरुङ, पर्वत स्थायी घर भई हाल काठमाण्डौ शंखमुल बस्ने वर्ष २३ को निर्मल मल्ल र पोखरा १७ बिरौटा बस्ने वर्ष २६ को ‍राजेश ठकुरी रहेका छन् । तिनै जना विरुद्ध कास्की प्रहरीले मानव वेचविखन तथा ओसार पसार सम्बन्धी मुद्दा दर्ता गरेको छ भने कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ।

प्रहरी टोलीले पौष १९ गते खाजाघरबाट महिलाहरुलाई बाहिर लैजान लागेको अवस्थामा १ जना वालिका र २ जना महिलालाई उद्दार समेत गरेको जनाएको छ ।

Advertisment