राष्ट्रिय सभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित

पौष २२, काठमाण्डौं ।

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आइतबार आयोगले माघ ११ गते हुने निर्वाचनका लागि सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो । राष्ट्रिय सभा सदस्यका लागि सोमबार मनोनयन हुँदैछ ।

कोशीमा ९३, मधेशमा १०७, बागमती ११०, गण्डकी ६०, लुम्बिनी ८७, कर्णाली ४० र सुदूरपश्चिम प्रदेशमा ५२ गरेर कुल मतदाता सङ्ख्या ५४९ रहेको छ । आयोगका अनुसार कुल मतभार भने ५७ हजार ५५९ रहेको छ ।

Advertisment