माछापुच्छ्रे गाउँपालिकामा अध्यक्ष कपको घम्साघम्सी तयारी

पौष २५, हेमजा । दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८०,गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

“स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माछापुच्छ्रे गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद विकास समिति माछापुच्छ्रेको आयोजना साथै ३ न. वडा कार्यालय घाचोकको व्यवस्थापन र भलिबल सघ माछापुच्छ्रेकोे समन्वयमा माछापुच्छ्रे –३, घाचोक मेधराज मा.विको प्राङ्गणमा पौष २६ गते देखि २८ गते सम्म भलिबल प्रतियोगिता संचालन हुने छ ।

नेपालको राष्ट्रिय खेल प्रवद्र्धन गर्दै युवाहरुलाई खेलप्रति आकर्षित गर्न र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष मिन.व गुरुङले बताउनु भयो ।

खेलकुदलाई प्राथमिकतामा राखेर गाउँपालिकाले ९ लाख विनियोजन गरेको उपाध्यक्ष सिता अधिकारीले उल्लेख गर्नुभयोे । गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटा जिल्लाका विभिन्न पालिकाहरुबाट १५ समुहले टिम दर्ता गरेको माछापुच्छ्रे भलिबल सघंका अध्यक्ष राम पुनले बताउनु भयो । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता रहने थप उल्लेख गर्नुभयो । साथै खेल ए र वि गरि २ वटा कोर्टमा खेलाइने छ । विहिवारको पहिलो खेल विहान ८ः०० बजे माछापुच्छ्रे गा.पा रातो र रुपा गा.पा कास्की विच हने खेल उप–संयोजक जापान गुरुङले बताउनु भयो ।

विहिवार प्रतियोगिताको उद्धघाटन गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय मन्त्री , माननीय श्री सुशिला सिंखडाले गर्ने कार्यक्रम तय भएको माछापुच्छ्रे खेलकुद विकास समिति सचिव होम प्रसाद गुरुङले बताउनु भयो ।

प्रथम हुने टिमले नगद ३ लाख र दोस्रो हुने टिमले नगद रु २ लाख साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने वडा न.३ का अध्यक्ष हरिसचन्द्र लम्सालले जानकारी दिनुभयो ।

त्यस्तै सेमिफाइनल प्रबेश गरेका २ टिम लाई जनही रु ५०÷५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार साथै विभिन्न विधागत तर्फ स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई जनही रु ५ हजारका दरले पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिता सञ्चालनका लागि १२ लाख ८३ हजार लाग्ने आयोजकको अनुमान छ ।

Advertisment