चलचित्र ‘खजुरे ब्रो’ घोषणा, महेश, निति र रेयरको अभिनय प्रमुख रहने

२ माघ, काठमाडौँ ।
केही दिनदेखि चर्चामा रहेको नेपाली चलचित्र ‘खजुरे ब्रो’को औपचारिक घोषणा गरिएको छ ।
सुरज सुनुवारले लेखन तथा निर्देशन गर्ने यस चलचित्रमा महेश त्रिपाठी,नीति शाह, रेयर राई, नविन मानन्धर,प्रकाश भुजेल,बिनिता थापा मगर,सुष्मा निरौला, पुस्कर कार्की,मनिष राउत,प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहनेछ।

काठमाडौँमा आयोजित घोषणा कार्यक्रममा निर्देशक सुनुवारले कमेडी जनरामा यो चलचित्र बन्ने बताए । यो चलचित्र छायाङ्कन केही दिन अगाडीदेखि सुरु भइसकेको छ ।

नवीन मानन्धर र सुरज सुनुवारले यो चलचित्र निर्माण गर्दैछन् । कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् भने सह निर्माता अनिल मानन्धर र पिकेश मानन्धर हुन् । शिशिर बिसंखेले छायाङ्कन गरिरहेका छन् भने अनमोल गुरुङको सङ्गीत रहने छ ।

यसको छायाङ्कन इटहरी, धरान, दार्जिलिङ र काठमाडौँमा हुने बताइएको छ ।

Advertisment