हराएको बलेरो जिप सहित चोरी गर्ने पक्राऊ

माघ ४, पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले प्रेस विज्ञप्ति मार्फत जिप चोरी गर्ने १ जना मानिस पक्राउ परेको जानकारी दिएको छ ।

​मिति २०८०।१०।०३ गते विहान १:३० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं १० अमरसिंह स्कुलको खेल मैदानमा पार्किङ गरी राखेको ग २ च २३४३ नम्बरको बलेरो जिप चोरी भएको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले समिनतरा वडा नं १४ खाल्टेमसिना बस्ने वर्ष २० का गोविन्द परियारलाई पक्राउ गरेको हो ।

हराईरहेको जिप चलाई रहेको अवस्थामा फेलापारी उक्त जिप सहित निजलाई पक्राउ गरिएको छ । चोरी तथा डाँका सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट ६ दिनका लागी म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कास्कीले जानकारी दिएको छ । ।

Advertisment