पोखरामा चौथो चार भाई ब्याडमिन्टन कप हुदै

माघ ७, पोखरा,

पोखरामा चौथो चार भाई ब्याडमिन्टन कप हुने भएको छ ।

चार भाई युवा क्लब पोखराको आयोजनामा गण्डकी प्रदेश स्तरिय खुल्ला बि र सि लेबल मेन्स डबल प्रतियोगिता हुने भएको हो । “स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद, खेल नै जीवन हो, खेल खेलौँ स्वस्थ रहौँ” भन्ने मुल नाराका साथ माघ १२ र १३ गते पोखरा १५ नयाँगाउँ स्थित ताङलेकोट तमु समाजको ब्याडमिन्टन हलमा प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रतियोगिताका लागि माघ ११ गते बेलुका ५ बजे सम्म टिम दर्ता गर्न सकिने चार भाई युवा क्लब पोखराका सदस्य बम गुरुङले जानकारी दिए । खेलाडीहरुले ईसेवाबाट पनि टिम दर्ता गर्न सकिने बताएको छ । प्रतियोगितामा भाग लिन दर्ता शुल्क ३ हजार तोकिएको छ भने सि लेबलको कुनै पनि टुर्नामेण्टमा उपाधी जितेका खेलाडीले सि लेबलमा खेल्न नपाइने आयोजकले बताएको छ । प्रतियोगिताको खुल्ला बि लेबल मेन्स डबल तर्फ विजेतालेृ नगद ४० हजार, उपविजेताले २५ हजार र तेस्रो हुनेले नगद १५ हजार रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने सि लेबलको विजेताले नगद ३० हजार उपविजेताले नगद १५ हजार र तेस्रो हुनेले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

Advertisment