गण्डकी प्रदेश स्तरिय चौथो चार भाई व्याडमिन्टन कप सम्पन्न : बि लेबल तर्फ सुन्दर र बिमल, र सि लेबल तर्फ सुरेश र नारायणको जोडी बिजयी

गण्डकी प्रदेश स्तरिय चौथो चार भाई व्याडमिन्टन कप सम्पन्न

पोखरा १५ माघ ,

पोखरामा सम्पन्न गण्डकी प्रदेश स्तरिय चौथो चार भाई व्याडमिन्टन कपको उपाधी बि लेबल तर्फ सुन्दर बि.क. र बिमल कुमालको जोडी र सि लेबल तर्फ सुरेश तामाङ र नारायण मगरको जोडीले जितेका छन् ।

चार भाई युवा क्लब पोखराको आयोजनामा पोखरा १५ नयाँगाउँ स्थित ताङलेकोट तमु समाजको ब्याडमिन्टन हलमा भएको फाइनल खेलमा बि लेबल तर्फ शिशिर श्रेष्ठ र समिर थापाको जोडी र सि लेबल तर्फ हरि गुरुङ र बम बहादुर गुरुङको जोडीलाई हराउदै उनिहरु बिजयी भएका हुन् । फाइनल खेलमा पराजित बि लेबल तर्फ शिशिर श्रेष्ठ र समिर थापाको जोडी र सि लेबल तर्फ हरि गुरुङ र बम बहादुर गुरुङको जोडी उपविजेता बने । बि लेबल तर्फ कृष्ण सलामी र ठगेन्द्र राना, अस्विर मगर र सफल भुजेल र सि लेबल तर्फ पोट सारु मगर र बुचन्द्र गुरुङ, विष्णु रिजाल र सुजन श्रीस तृतिय बने ।

बि लेबल तर्फको प्रथम, द्धित्तिय र तृतिय हुनेले क्रमशः नगद ४० हजार, २५ हजार र दुई जनालाई जनही ७ हजार पाँच सयको साथमा शिल्ड मेडल र प्रमाण्पत्र प्राप्त गरे । त्यसैगरी सि लेबलको प्रथम, द्धित्तिय र तृतिय हुने क्रमशः नगद ३०, १५ हजार र ५/५ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरे । प्रतियोगितमा बिमल कुमाल सर्वाेउत्कृष्ट खेलाडी घोषित हुदै गो बन्जिजम्पको तर्फबाट टिकट र आयोजकको तर्फबाट नाम र लोगो भएको जर्सी प्राप्त गरे । प्रतियोगितामा बि लेबल तर्फ ४६ र सि लेबल तर्फ १०३ टिमको सहभागिता थियो ।

“स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद, खेल नै जीवन हो, खेल खेलौँ स्वस्थ रहौँ” भन्ने मुल नाराका साथ माघ १२ र १३ गते संचालन भएको प्रतियोगिताका विजेताहरुलाई गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोज कुमार गुरुङले पुरस्कार वितरण गरेका थिए ।

Advertisment